News Portal

  • नेपालमा पहिलोपटक वाईफाई फाइभ सुरु, के हो वाईफाई फाइभ ?

    हिमाली संचार डटकम
    २६८ पटक

    काठमाडौं – अहिले विश्वमा अर्को पुस्ताको वाइफाई अर्थात वाईफाई सिक्सको चर्चा चलिरहेको छ। कतिपय देशले वाईफाई सिक्सलाई प्रयोगमा ल्याइसकेका छन्। अहिले वाईफाई सिक्स सपोर्ट गर्ने डिभाइसहरु पनि बजारमा उपलब्ध हुन थालिसकेका छन्। जसको एउटा उदाहरण हो आईफोन इलाभेन र सामसङ ग्यालेक्सी एस ट्वान्टी।

    सामसङले वाईफाई सिक्स सपोर्ट गर्ने प्रविधि आफ्नो प्रिमियम फोन ग्यालेक्सी टेनबाटै प्रयोगमा ल्याएको थियो। यस्तो अवस्थामा वाईफाई फाईभ विश्व परिवेशमा सामान्य विषय हो तर, नेपालको परिवेशमा भने यो नौलो र नयाँ सुरुवात हो।

    वर्ल्डलिंक कम्युनिकेसन प्रालिले नेपालमै पहिलोपटक वाईफाई फाइभ सुरु गरेको हो। गएको कात्तिकमा वर्ल्डलिंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट १२ मिलियन अमेरिकी डलर अर्थात एक अर्ब ३५ करोड रुपैयाँ विदेशी लगानी भित्र्याएको थियो।

    विदेशी लगानी भित्रिएसँगै कम्पनीले आफ्ना ग्राहकलाई अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने बताएको थियो। सोही अनुसार कम्पनीले वाइफाई नेटवर्कलाई गुणस्तरिय बनाउने योजनाका साथ वाईफाई फाइभ सुरु गरेको हो।

    याे प्रविधि कम्पनीका नयाँ तथा पुराना दुबै ग्राहकले प्रयाेग गर्न सक्नेछन्। पुराना ग्राहकले आफूले प्रयाेग गरिरहेकाे सेवालाई अपग्रेड गरि याे सेवा लिन सक्ने कम्पनीले जनाएको छ। यो सेवा विद्यमान शूल्कभन्दा केही महंगो भने पर्नेछ।

    के हो वाईफाई फाइभ ?

    सामान्यतया हामीले हाल प्रयोग गर्ने वाईफाई राउटर सिंगल ब्याण्ड राउटर हो। जसले २.४ गिगाहर्ज सपोर्ट गर्छ। यसमा तीन वटामात्रै च्यानल हुन्छ।

    नेपालमा इन्टरनेट सेवा प्रदायकहरुको संख्या धेरै छ। सबैले यहि ब्याण्डमा वाइफाई दिने हुँदा नेटवर्क एक अर्कासँग जुध्ने समस्या छ। जसले गर्दा राम्रो स्पीड आउँदैन।

    यसलाई ‘८०२.११ बी/जी/एन’ सीरीज पनि भिनिन्छ। यसको स्पीड प्रतिच्यानल १५० एमबीपीएस प्रतिसकेण्ड भनिए पनि नेटवर्क इन्टरफेरेन्स समस्याले गर्दा ३० देखी ४० एमबीपीसए मात्रै स्पिड दिन्छ।

    तर वर्ल्डलिंकले सुरु गरेको फाइभजी वाईफाई राउटरमा २.४ गिगाहर्ज र ५ गिगाहर्ज गरी दुई वटा ब्याण्ड रहेका छन्। जसमा च्यानल अवरोध हुने समस्या कम हुन्छ। त्यसैले यसले प्रतिच्यानल ५०० एमबीपीएस र कुल १ जीबी भन्दा बढीको स्पीड दिन सक्छ।

    यसको विकास सन् २०१३ मै भएको हो। जसलाई ‘८०२.११ एसी’ सिरिज पनि भनिन्छ। यो वाईफाई सबै डिभाइसमा नचल्न सक्छ। ‘८०२.११ एसी’ सिरिज सपोर्ट गर्ने अथवा डबल ब्याण्ड सपोर्ट गर्ने डिभाइस नै आवश्यक पर्छ।

    यदि तपाईंको डिभाइसले ‘८०२.११ एसी’ सिरिज सपोर्ट गर्छ भने फाइभजी वाईफाई कनेक्ट गर्दा स्पीड बढी हुनुका साथै विश्वसनीय समेत हुने कम्पनीले जनाएको छ। तर, यसको कभरेज एरिया भने थोरै हुन्छ।

    कम्पनीका अनुसार २.४ गिगाहर्जमा दुई सय मिटर कभरेज हुन्छ भने ५ गिगाहर्जमा घरभित्र ३० देखि सय मीटर जति हुन्छ। यदि तपाईं राउटरको नजिक हुनुहन्छ भने अटोमेटिक फाइभ गिगाहर्जमा कनेक्ट हुन्छ भने टाढा हुँदा स्वतः २.४ गिगाहर्जमा कनेक्ट हुनपुग्छ।

    यसरी थाहा पाउनुहोस् फाइभजी वाईफाई सर्पोट गर्ने डिभाइस ?

    यसअघि नै उल्लेख गरिसकेको छ कि वाईफाई फाइभ सबै डिभाइसले सपोर्ट गर्दैन। तर, सन् २०१४ पछि भित्रिएका धेरै जसो डिभाइसमा यो चल्छ। त्यसका लागि तपाईंको डिभाइस ८०२.११ एसी’ सिरिज सपोर्ट गर्ने अथवा डबल ब्याण्ड सपोर्ट गर्ने डिभाइस नै हुनुपर्छ।

    तपाईंको डिभाइसले यसलाई सपोर्ट गर्छ कि गर्दैन भनेर थाहा पाउन तपाईंले डिभाइस किन्दा आउने बक्समा हेर्नुपर्ने हुन्छ। उक्त बक्सको पछाडि तपाईंको डिभाइसले कुनकुन कनेक्टीभिटी सपोर्ट गर्छ भनेर उल्लेख गरिएको हुन्छ।

    यदि तपाईंसँग उक्त बक्स छैन भने त्यसको पनि विकल्प छ। त्यसका लागि तपाईंलाई आफूले प्रयोग गर्ने डिभाइसको मोडल थाहा हुनुपर्छ। यदि मोडल र नाम थाहा भएको खण्डमा तपाईंले गूगल सर्चबाट उक्त डिभाइसको बारेमा जानकारी लिन सक्नु हुनेछ।

    यदि तपाईंको डिभाइसले डबल ब्याण्ड वाइफाई सर्पोट गर्छ अथवा ‘८०२.११ एसी’ सिरिज वाईफाई सपोर्ट गर्छ भनेर लेखिएको छ भने तपाईंले वाईफाई फाइभ प्रयोग गरि उच्च गतिको इन्टरनेटको आनन्द लिन सक्नुहेनछ।

    प्रतिकृया दिनुहोस्

    सोल्टी एक्स्प्रेस मर्टको मुख्य प्रायोजनमा १० मे मा अन्तर नेपाली फुटबल प्रतियोगिता हुने

    कुवेत- आगामी शुक्रबार अर्थात १० मे का दिन कुवेतमा भखरै मात्र खुलेको नेपाली मार्ट “सोल्टि एक्स्प्रेस...

    इजरायलले थाल्यो गाजा क्षेत्रको रफामा आक्रमण

    एजेन्सी। हमाससँगको शान्तिवार्ता भंग भएपछि इजरायली सेनाले गाजा क्षेत्रको रफामा हवाई हमला सुरु गरेको छ।...

    आज बैशाख-२५ गते मंगलबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २५ गते मंगलबार इश्वी सन २०२४ मे ७...

    विदेशमा रहेका नेपालीले मतदानको व्यवस्था मिलाउन जनमतको माग

    काठमाडौँ। जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको...

    एकीकृत समाजवादी फुट्ने हल्लाकाबीच अध्यक्ष नेपालले आह्वान गरे संसदीय दलको बैठक

    काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीकाे संसदीय दलको बैठक आह्वान गरेका छन्। जनता...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal