News Portal

कार्यकक्षमै मदिराले मात्तिएका जोशीलाई बचाउन सिडिओको परामर्श, फर्जी मेडिकल रिपोर्ट पेश

हिमाली संचार संवाददाता
४१४ पटक

डोटी ०४, २०७६ चैत : जिल्ला शिक्षा विकास समन्वय इकाई डोटीका प्रमुख रामदत्त जोशी शुक्रबार कार्यकक्षमै मदिराले मात्तिएको अवस्थामा भेटिए।

कार्यालय समय (१२:३०) मै कार्यकक्षमै लठ्ठिएको अवस्थामा भेटिएपछि तत्कालै प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललाई खबर भएको थियो।

पौडेलले ‘प्रहरी पठाएर नियन्त्रणमा लिइ अनुसन्धान गरेर कारबाही गर्ने’ बताएका थिए। त्यसपछि ढिलोगरी जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी निरीक्षक कर्ण बोहराको नेतृत्वमा प्रहरी टोली जिल्ला शिक्षा विकास समन्वय इकाईतर्फ गयो।

टोलीले प्रमुख जोशीलाई तत्काल नियन्त्रणमा लिएन्। बरु ‘भित्रबाट ढोका बन्द गरेर बसेको’ जवाफ दियो। त्यसपछि कार्यालय समय सकिएपछि ५:४५ मा जिल्ला अस्पताल डोटीमा लगेर उनको मेडिकल जाँच भएको बताईएको छ।

उनको मेडिकल जाँच अहेब यशोदा खड्काले गरेकी थिइन्। त्यसपछि मेडिकल रिपोर्टमा शिक्षा इकाई प्रमुख जोशीले मदिरा सेवन नगरेको ‘विरोधाभाषपूर्ण’ प्रमाणपत्र तयार पारिएको छ।

प्रमाणपत्रमा उल्लेख भएअनुसार जोशीको स्वासको जाँच गरिएको छैन्। बोलीचाली र हिँडाई जाँच अनुसार प्रतिवेदन तयार पारिएको छ।

यही ‘फर्जी’ प्रमाणपत्रका आधारमा जोशीलाई उन्मुक्ती दिईएको छ। ‘मेडिकल रिपोर्टले खाएको छैन भन्ने देखाएको छ’, प्रमुख जिल्ला अधिकारी पौडेलले भने,‘त्यसैले अहिले कारबाही हुन्न।

यता त्यो मेडिकल रिपोर्टले सबै सत्यता बोल्न नसकेको पनि हुनसक्ने स्वयम् मेडिकल कार्यमा सहभागि स्वास्थ्यकर्मी बताउछिन्। ‘हामीले थाहा पाउने भनेकै मेशिन (ब्रेथलाईजर) बाट हो।

मेशिन छैन्। त्यसपछि स्मेल(स्वाँस)बाट हो,’ अहेब खड्काले भनीन्,‘खाएको होला ! हामीसंग मेशिन थिएन्। दुईजना महिलामात्र थियौ। नजिक गएर स्मेल पनि लिन सकेनौ।

जिल्ला अस्पताल डोटीका मेडिकल सुपरीटेण्डेन्ट डा. ज्योती पाण्डेले पनि ब्रेथलाईजर मेशिन नभएकाले नै जाँचमा समस्या आएको हुनसक्ने बताईन्। ‘मेशिन नभएपछि सुँघेर, वा बोलीचाली र हिडडुल गराएर हो,’ उनले भनीन्,‘त्योबाट एकीन् रिपोर्ट नआउनपनि सक्छ।

जोशीलाई उन्मुक्ती दिन प्रमुख जिल्ला अधिकारीकै परामर्शमा ढिलासुस्ती गराएर फर्जी मेडिकल रिपोर्ट तयार पारिएको विश्वस्त स्रोतले बताएको छ।

‘खाएकै हो। सधै खान्छन्। सिडियोकहाँ पनि पटकपटक गुनासो आएकै रहेछ,’ स्रोत भन्छ,‘तरपनि बचाउनकै लागि यसो भएको हो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...