News Portal

  • हजारौँ रोहिङ्ज्याद्वारा अगस्ट २५ को स्मरण गर्दै शिविरमा प्रदर्शन

    हिमाली संचार संवाददाता
    ५६७ पटक

    बङ्गलादेश – म्यानमारको सैनिक दमनका कारण ठूलो सङ्ख्यामा बङ्गलादेशलगायतका मुलुकमा पुगेका शरणार्थीहरूले ‘न्याय’को माग गर्दै सैनिक दमन भएको पहिलो बर्ष पुगेको सन्दर्भमा शनिबार ९ अगस्ट २५ मा० विरोध प्रदर्शन गरेका छन्। आफन्तहरूमाथि भएको बर्बर हत्या,बलात्कार र अपहरणका घटनाको स्मरण गर्दै कैयौँले आफुहरु रहेका शिविरहरूमा आफ्ना वेदना पोखेका थिए। उक्त दमनका कारण करिब सात लाख रोहिङ्ज्या शरणार्थीले म्यानमारको राखाइन राज्य छोडी विदेशिएका थिए।

    बङ्गलादेश सरकारको नियन्त्रणमा रहेको विश्वमा सबैभन्दा धेरै रोहिङ्ज्या शरणार्थीहरू रहेको शिविरमा शरणार्थीहरूले शान्तिपूर्णरूपमा तर अप्रत्यासित सङ्ख्यामा प्रदर्शनमा सहभागिता जनाएका थिए।
    बङ्गलादेशको कुटुपालुङ शिबिरमा रहेका शरणार्थीहरूले प्रदर्शनमा सहभागिता जनाउँदै‘हामी रोहिङ्ज्या हौँ,न्याय चाहन्छौँ’ जस्ता नारा लगाउँदै शान्तिपूर्ण प्रदर्शन गरेका थिए। रोहिङ्ज्याहरूको जातीय नरसंहार भएको दिन अगस्त २५ कहिल्यै नआओस् भन्ने नारा लेखिएकोे विशाल न्यानरमा बोकेर प्रदर्शन गरेका थिए।

    शिविरको विभिन्न भागबाट आएका महिला,बालबालिकासहितको हजारौँको सङ्ख्याका सहभागीले रुँदै ३६५ दिन बितायौँ अब हामी क्रोधित बनेका छौँ भन्ने नाराहरूसहितका प्लाकार्ड बोकेर जुलुसमा सहभागिता जनाएको थिए ।म्यानमारको रोहिङ्ज्या लडाकूले रखाइन राज्यमा भएका ‘अत्याचार’को विरोधमा गत बर्ष अगस्ट २५ मा प्रहरी चौकीमा आक्रमण गर्दै विद्रोह शुरु गरेका थिए। जसमा एक महिनामा करिब सात हजार रोहिङ्ज्या शरणार्थीले ज्यान गुमाएका मेडिसिन्स सान्स फ्रन्टियर्सको तथ्याङ्कमा छ।

    सहभागी शरणार्थीहरूसँगको कुराकानीमा उनीहरूले गत बर्ष आफ्ना घरहरू गुमाएको स्मरण गर्दै घर छैन आशा पनि छैन भन्ने निकै निराशाजनक अभिव्यक्तिहरू समेत व्यक्त गरेका एएएफपीका सम्वाददाताले शिविरबाट गरेको रिपोर्टिङमा उल्लेख छ। शनीहरूले अल्लाहसँग प्रार्थना गर्दै आफूहरूलाई घर फर्काइदिन आग्रहसमेत गरेका देखिन्थ्यो। एजेन्सी

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    एनआरएनए एनसीसीहरू फुटाउन हरेक हत्कण्डा प्रयोग गर्दै बद्री–हेमराज समूह

    काठमाडौँ, असार १५ – अवैधानिक रूपमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को बालुवाटारस्थित केन्द्रीय कार्यालय कब्जा...

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय

    काठमाडौं, असार १५ – नेपाली कांग्रेसले सोमबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका लागि एजेन्डा तय...

    युरोप, अमेरिका र मध्यपूर्वका अधिकांश एनसीसीले बद्री केसी नियन्त्रित एमआईएस अस्वीकार

    काठमाडौं, असार १५ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को अनलाइन सदस्यता प्रणाली (एमआईएस) लाई युरोप,...

    प्रमिलाको निशुल्क रुपमा उपचार गराइयो

    मोरङ, असार १५ – कानेपोखरी–२ दलेलीस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका पाण्डे ऋषिदेवकी २ वर्षीया...

    जापान जाने श्रमिकसँग असुली, सर्वोच्चको कारण देखाउ आदेश

    काठमाडाैं, असार १५ – जापानमा रोजगारीका लागि योग्य भइसकेका नेपाली श्रमिकसँग अनधिकृत शुल्क असुलेको आरोपमा सर्वोच्च...