News Portal

धन कमाउन भारत पुगेका पाण्डेको सपना बाटोमै चकनाचुर

हिमाली संचार संवाददाता
८१९ पटक

गुल्मी २७, २०७६ फागुन – सत्यवती गाउँपालिका वार्ड न १ अस्लेवाका यादब पाण्डे १० बर्ष पहिले भारत गए। विवाह गरेको २ बर्षमै उनी भारत जादा श्रीमती गर्भवती थिइन।

धन कमाउने र सुन्दर परिवार बनाउने सपना बोकेर भारत पुगेका उनका सपना फुल्न पनि पाएनन जब उनी रेलबाट उत्रीदा दुर्घटनामा परे। बेहोस भएका उनी अस्पतालमा बिउँझीए बल्ल थाहा पाए उनका देब्रे तिरका हात र खुट्टा दुबै काटिएका छन।

उनी बिउँझीएपछी अस्पातलका कर्मचारीले घर कहाँ भनी सोध्दा एक छिन टोलाए र भने मेरो घर छैन त्यस पछि भारतको सम्बन्धित निकायले उनलाई कुनै आश्रममा लगेर राख्यो पाण्डे यस्तो पिडा दायक अवस्थामा पनि आफ्नो घरपरिवार गराउन चाहेनन् बर्ष बिती सकेपछि उहाको भाई खोज तलास गर्दै उहासंग भेटेर घरमा उनलाई लगियो।

आफ्ना साना छोराछोरी बुढी बाबा आम सबैलाई छोडेर आफ्नो देश नेपालमा एउटा् रोजगार नपाएर भारत मुलुकमा बैदेशिक रोजगारीको लागी जानू भएको गुल्मीका यादव पाण्डे नेपाल आउदा न त धन छ न हात खुट्टा छ केही गरेर खाने अवस्था नै छ।

सहयोगको लागी यादव घनश्याम पाण्डेयको कैलास विकास वैंक 0540080023068700001 रुद्रवेणी गुल्मीको शाखामा जम्मा गरेर सहयोग गर्न सकिने छ।

समाजसेवी सन्तोष गौमत, घनश्याम पाण्डे, सन्तोष पाण्डे लगायत भुवन भुसाल र कमला घिमिरेको सहयोगमा तयार पारिएको यो भिडियो सामग्री हेर्नुहोस।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...