News Portal

धन कमाउन भारत पुगेका पाण्डेको सपना बाटोमै चकनाचुर

हिमाली संचार संवाददाता
७५५ पटक

गुल्मी २७, २०७६ फागुन – सत्यवती गाउँपालिका वार्ड न १ अस्लेवाका यादब पाण्डे १० बर्ष पहिले भारत गए। विवाह गरेको २ बर्षमै उनी भारत जादा श्रीमती गर्भवती थिइन।

धन कमाउने र सुन्दर परिवार बनाउने सपना बोकेर भारत पुगेका उनका सपना फुल्न पनि पाएनन जब उनी रेलबाट उत्रीदा दुर्घटनामा परे। बेहोस भएका उनी अस्पतालमा बिउँझीए बल्ल थाहा पाए उनका देब्रे तिरका हात र खुट्टा दुबै काटिएका छन।

उनी बिउँझीएपछी अस्पातलका कर्मचारीले घर कहाँ भनी सोध्दा एक छिन टोलाए र भने मेरो घर छैन त्यस पछि भारतको सम्बन्धित निकायले उनलाई कुनै आश्रममा लगेर राख्यो पाण्डे यस्तो पिडा दायक अवस्थामा पनि आफ्नो घरपरिवार गराउन चाहेनन् बर्ष बिती सकेपछि उहाको भाई खोज तलास गर्दै उहासंग भेटेर घरमा उनलाई लगियो।

आफ्ना साना छोराछोरी बुढी बाबा आम सबैलाई छोडेर आफ्नो देश नेपालमा एउटा् रोजगार नपाएर भारत मुलुकमा बैदेशिक रोजगारीको लागी जानू भएको गुल्मीका यादव पाण्डे नेपाल आउदा न त धन छ न हात खुट्टा छ केही गरेर खाने अवस्था नै छ।

सहयोगको लागी यादव घनश्याम पाण्डेयको कैलास विकास वैंक 0540080023068700001 रुद्रवेणी गुल्मीको शाखामा जम्मा गरेर सहयोग गर्न सकिने छ।

समाजसेवी सन्तोष गौमत, घनश्याम पाण्डे, सन्तोष पाण्डे लगायत भुवन भुसाल र कमला घिमिरेको सहयोगमा तयार पारिएको यो भिडियो सामग्री हेर्नुहोस।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...