देश परिवर्तनको नाममा बेला बखत हुने गरेका विभिन्न खाले हिंसात्मक गतिविधिले नेपाली जनता आक्रान्त भएका थिए। याे अवस्थामा अाम नेपाली जनताले स्थायी शान्ति चाहान्थे र स्थायी शान्तिकाे लागि नेपाल कम्युनिष्ट पार्टीलाई दुईतिहाईकाे भारी बहुमत दिएर बलियाे र स्थायीत्व सरकार बनाउन कम्युनिष्टलाई सत्तामा पुर्याए। जसले कम्युनिष्ट अाचरण शासन शैली साम्यवादको झझल्को अाउने गरि राम राज्य नै चलाउन्छन भन्ने कुरा जनताले ठुलै अाशा र भरोसा गरेका थिए। याे कुरा सम्भव पनि थियाे।
नेपालकाे इतिहासमा सम्भवत पहिलाे पार्टी नै हाेला एउटा पार्टीमा दुईटा अध्यक्षको व्यवस्थाले पनि के अाशा देखाएकाे थियाे भने सरकार र पार्टी भित्रका कामहरूमा कुनै वाधा अड्चन रहदैनन्। अब चाहिँ देशमा केही परिवर्तन हुन्छ भन्ने कुरामा धेरै ठुलाे अाशा थियाे एकातिर मुख्य प्रतिपक्षी दल नेपाली काँग्रेस अाफ्नै पार्टी भित्रकाे भागबन्डाकाे किचलाेले अाफ्नै झण्डा ठड्याउन धाैधाै परिरहेकाे अवस्थामा थियाे भने बिराेधीहरु कमजाेर हुदा काम गर्ने वातावरण अनुकुल पनि हुन्छ र थियाे पनि चुनाब प्रचारप्रसारमा जनतालाई बाँडेकाे आश्वासन पूरा गर्ने महत्त्वपूर्ण अवसर थियाे।
हावाबाट बिजुली निकाल्ने घर घरमा पाइपबाट ग्यास जाेड्ने र पानी जहाज र रेल ल्याउने युवाहरूलाई बेरोजगार भत्ता लगायतका धेरै कामहरू पूरा गर्ने एकदमै सुनाैलाे अवसर थियाे। द्वन्द्वकालका मुद्दाहरू सुल्झाउने देखि स्वास्थ्य र शिक्षा क्षेत्रमा र देशै भरि बन्द भएका साना देखी ठुला उद्योग धन्दा कलकारखानाहरू पुर्ण सञ्चालनमा ल्याउने ठुलाे अवसर थियाे। बाँसबारी छालाकाे जुत्ता कारखाना, बुटवल धागाे कारखाना, जनकपुर चुराेट कारखाना देखि यस्ता धेरै देशै भरी बन्द भएका उद्योगहरूलाई पुर्ण सञ्चालन गर्ने तिर कतै पहल नै देखिएनन् नयाँ खाेल्ने त कुरै छैन।
बिग्रेकालाई पनि मर्मत गरिएन तिनै तहका संघिय सरकारमा नितिगत भ्रष्टचार मौलायाे समाधनकाे उपाय खोजिएन। जनप्रतिनिधिहरू नै ठेक्का पट्टाका मालिक र डाेजरकाे मालिक बने। गाउँगाउँमा सिंहदरबार भनियाे सिंहहरु त गए तर दरबारमा भने झन महंगो मूल्यवृद्धि र करले गर्दा जनताकाे ढार नै सेकियाे। चरम असन्तुष्टि पैदा भयाे। झन् संघिय व्यवस्था माथि नै शंका र उपशंकाकाे घेरामा प्रश्नहरु उब्जिन थाले। याे समस्याकाे समाधान गर्नेतिर ध्यान दिनु भन्दा मुख्य अगुवाहरूकाे अा-अाफ्नाे स्वार्थकाे राजनितीले सरकार उल्टाे दिशातिर लग्याे।
१) सुशासनको कुरामा वाइडबडी, न्याराे बडी, 4G र Ncell करछली जस्ता काण्ड संसदमा उठेकाे विषयलाई संसदमै हल नगरेर उप समिति बनाएर टालटुल पारियाे। त्रिभुवन विमानस्थलमा जडित सिसी क्यामराले आस्था राउतकाे कफिकाे गिलास देखायाे तर ३३ के.जी. सुन देखेन यसमा शंका गर्ने वातावरणकाे प्रशस्तै बाटाे खुल्याे।
२) सरकारले गुठ्ठी विधेयक ल्यायाे अाफै सरकार पछि हट्नु पर्यो अाफै मार खानु पर्यो।
३) सामाजिक सञ्जालमा अाफु विरुद्धमा बाेल्दा स्वतन्त्र अावाज Facebook/Twitter सोसल मिडियालाई बन्द गर्ने प्रयास गरियाे। ५ बर्ष जेल १५ लाखसम्म जरिवान ताेकियाे। यसले गर्दा झनै सरकार बिरूद्व चर्काे बिराेध भयाे। याे नागरिक सरकार हाेकी पन्चायती शासन हाे भन्ने कुरामा छुट्याउन गार्हो भयाे।
४) न्यायलयलाई अाफ्नाे भातृसंगठन जस्ताे गरि न्यायाधीश नियुक्त र खारेज गर्ने काम भयाे यसले अाम जनता र बुद्धिजीवी हरूमा न्याय प्रति शंका गर्ने वातावरण पैदा भयाे।
५) अाफ्नै घरानकी कुटनितिकाे क पनि नजान्ने ३४ बर्षे बालिकालाई युराेपकाे राजदुत बनाएर पठाउनु भयाे। नेपालकाे करिअर डिप्लाेमेन्ट चाैपट पारेर राजदुत पद पशुपतिकाे प्रसाद जस्तै सम्झिनु भयाे।
६) अमेरिकन सहयाेग MCC पास गर्ने प्रयासमा महरालाई बलिकाे बाेका बनाईयाे। पछि आफैं झाँक्री आफैं बोक्सी भएको पुष्टि भयाे। अाम बुद्धिजीवीहरुलाई लठुवा सम्झे।
७) बालुवाटार जग्गा काण्डमा नितिगत निर्णय भन्दै माधवकुमार नेपाल विष्णु पाैडेल, कुमार रेग्मीलाई सरकारले बचाउ गर्यो। त्यसकै अार्डमा डा.बाबुराम पनि सुरक्षित बने अन्ततः कर्मचारीहरुलाई दोषी ठहर गरियाे। सबै प्रक्रिया नबुझेर मन्त्रीले कसरी साईन गर्छ। अाम नेपाली जनताकाे अाँखामा धुलो हाल्ने काम भयाे। मरुन्जेल सम्म ८ अाने कमरेड भन्ने नाम राख्न सफल भयाे।
८) संचारमन्त्री गाेकुल बाँस्कोटाले ७० कराेड डिल गरेकाे अडियाे बाहिरीयो। त्यसमा स्वयंम प्रधानमन्त्रीले न्यायलयलाई दबाब दिदै याे अडियाे नक्कली कुनै सिपालु कलाकारकाे क्यारिकेचर हाे भनेर शासकीय ढंगबाट प्रधानमन्त्रीले अाफै न्यायाधीश बनेर फैसला गरे। म भ्रष्टचार पनि गर्दिन भ्रष्टचारिकाे मुख पनि हेर्दिन भन्ने अाफ्नै श्लोककाे धज्जी उडाउनु भयाे। अाफुपनि याे कुरामा मुछिएकाे शंका गर्ने वातावरण उहाँ अाफैले बनाउनु भयाे।
९) नेपालकाे नक्सा भएकाे केक काटेर ६९औं जन्मदिन मनाउनु भयाे। डेढ कराेड खर्च गरेर चारवटा हेलिकप्टरहरु उडाएर ईतिहासमा राजामहाराजले नगरेकाे खर्च गरेर कम्युनिष्ट प्रधानमन्त्रीले जन्मदिन मनाउनु भयाे र अाफ्नै शुभचिन्तकहरुलाई पनि तिव्र आलोचनाले रुनु न हाँस्नु बनाई दियो।
१०) नेकपा सचिवालयले वामदेव गाैतमलाई राष्ट्रिय सभामा लिने भनेर बुहमतले गरेकाे निर्णयलाई पार्टी अध्यक्षले नै लेलिनवादी संगठनात्मक पद्वतीलाई चुनाैति दिदै अस्विकार गरियाे। पार्टीले व्यक्ति चलाउछ वा व्यक्तिले पार्टी भन्ने कुरामा संगठनकाे पद्धति भुलियाे।
यावत कारणले गर्दा कम्युनिष्ट सरकार बदनाम र आलोचनाकाे शिकार बन्न पुग्याे अाम नेपालीहरुलाई लाग्ना थाल्याे। केपी ओली सरकारकाे अाैचित्य र अायाे समाप्त भयाे अब याे सरकारबाट बालुवा निचाेरेर तेलकाे अाशा गर्नु बाहेक अरू केही बाँकी रहे।
देश लुटेरै खाेक्राे पार्ने भए हामी त किनारका साँची मात्र भयाै र मदन भण्डारीको बहुदलीय जनवादकाे बिचार बाेकेकाे पार्टी र १० बर्षे जनयुद्ध गरेर अाएकाे पार्टी बिच एकता नै कम्युनिष्ट नभएर कमाउनिष्ट नाम राख्दा फरक नहाेला कि ?
( लेखक शाही पुर्वछापामार हुन।)