आज : २०२६-०६-२७, शनिबार

बिर्सनेले बिर्से पनि

✍️तपिकुमार सिंह ठकुरी

सम्झना चाहिँ सम्झेकै छु
बिर्सनेले बिर्से पनि,
पल पल समिपै छु
तर्कनेले तर्के पनि…।

हजार पल्ट आउँछ याद
बिर्सनेले बिर्से पनि,
हरपल यो मन तेतै तेतै
मुख मोडेर फर्के पनि…।

हरपल सँगै जोड्न चाहे
सम्झनाका तरेलिमा,
बिना बादल झरी भइ
भिजिँ दिदा यी परेलीमा…।

कुरा गर्यौ पहिले पहिले
यो दिल भित्र अाफ्नै ठानि,
सान्त थियो मन्को तलाउँ
टाढा भयौ ढुंगा हानी…।

हलचल भयो मन्को तलाउँ
छाल चले कुना कुना,
तेहि भयर नजिक भयौ
हलचल बनाइ टाढा हुन…।।

सिम्ता-सुर्खेत, हाल : गुजरात भारत।

यो पनि पढ्नुहोस।

खोइ परिबर्तनका हेरम्ब