News Portal

स्याङ्जाली साहित्यको इतिहासमा पहिलोपटक गल्याङ साहित्य उत्सब मनाईयो

हिमाली संचार संवाददाता
६०८ पटक

स्याङ्जा १८, २०७६ फागुन : जगत्रदेवि साहित्य संगमद्वारा आयाेजित प्रथम गल्याङ साहित्य उत्सव भब्य रुपमा सम्पन्न भएको छ। उत्सबमा वृहत कविता वाचन, प्रतियोगिता एवं कृति विमाेचन समेत भएको थियो।

जगत्रदेवि साहित्य संगमका अध्यक्ष सुर्य प्रसाद डुम्रेको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारी रहनु भएको थियो।

गल्याङ नगरपालिकाको विशेष सहयोगमा स्याङ्जाली साहित्यको इतिहासमा पहिलोपटक सुन्दरनगरी गल्याङस्थित भानुभक्त माध्यमिक विद्यालयमा भएको सो भब्य उत्सबमा सातै प्रदेशका प्रतिनिधि श्रष्टाहरुको विशेष प्रस्तुति साथै स्थानिय श्रष्टाहरुको समेत प्रस्तुती रहेको थियो।

कार्यक्रममा विशेष प्रस्तुति हेमन्त विवश डाेटी, दिपेन्द्र सिंह थापा धादिङ, अनिता न्याैपाने मकवानपुर, कृष्णदेवी शर्मा श्रेष्ठ मकवानपुर, कविराज भट्ट बैतडी, प्रकाश किरण जाजरकोट, अभि क्षेत्री दाङ, अम्बिका कार्की सर्लाही, दिपक आचार्य ‘जलन’ बर्दीया, पहल असिम अछाम, हरिकृष्ण काफ्ले राैतहट, विजय रानाभाट तनहुँ र जि.एम.दिपु देबेन्द्र रूकुमले कविता, गजल र मुक्तक प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा बरिस्ठ साहित्यकार देवीप्रसाद बनवासी लगायत अनन्त अर्याल, हरिप्रसाद भट्टराई चिन्तु गिरी, यामकनन्त खनालले मन्तव्य राख्नुभएको थियो।

कविता बाचन प्रतियोगितामा प्रथम बसन्ती अधिकारी गल्काेट मावि, द्वितीय प्रशान्त अधिकारी, कालिगण्डकी गुरूकुल, मालुङ्गा र तृतीय आशिष अर्याल, भानुभक्त मावि भएका थिए भने निर्णायक मिलन समिर, श्यामप्रसाद ढुङ्गाना र दिपक पाण्डे रहनुभएको थियो।

कार्यक्रममा कबिहरु शम्भु अर्याल, वसन्त खनाल, अनन्त अर्याल, लेखनाथ काफ्ले र नारायण प्रसाद रेग्मीले कविता वाचन गर्नुभएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सह-सचिव डिल्लीराम भण्डारीले गर्नुभएको थियो भने कार्यक्रमको संचालक नारायण प्रसाद ज्ञावलीले गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...