News Portal

१२ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु रंगेलीमा

हिमाली संचार संवाददाता
७०९ पटक

रबिन्द्र बराल -रंगेली नगरपालिका ले १२ औ संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको बिधिवत रुपमा सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ नगरस्तरीय १२ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बिधिवत रुपमा शुक्रबार उद्घाटन भएको छ ।नगरपालिका भित्र रहेका सामुदायिक बिधालय र निजि बिधालय लाई समाबेश गरेर सामुदायीक बिधालय बाट १२ बटा बिधालय र निजि विद्यालय बाट ७ बिधालयका कक्षा ९ देखि १२ सम्मकाका छात्र छात्राहरुकाे खेलकुद प्रतियोगिता सुरु भएको हाे । उद्घाटन खेलका प्रमुख अतिथि क्षेत्र नम्बर ५ का सभासद शिव कुमार मंन्डल विशिष्ट अतिथि नगरपालिकाका मेयर दिलिप बगडिया, कार्यकारी अधिकृत टाेम प्रसाद सुवेदी बडा अध्यक्ष रामचन्द्र मंन्ड  विभिन्न बिधालयका शिक्षकहरुकाे समेत उपस्थिति रहेको थियो । प्रमुख अतिथिले सिटि वजाएर १५ सय मिटर दाैडकाे उद्घाटन गरेका थिए । प्रतियोगितामा दाैड,कवडि,भलिबल सटफुट हाईजम्प लगायत विभिन्न खेल हुने सम्पुर्ण खेेेल जनता क्याम्पसको खेल मैदानमा हुने भएको छ। उक्त खेेेल फागुन १६ गते देखि १८ गते सम्म सञ्चालन हुने भएको छ । ।खेलमा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई नगद, सिल्ड र प्रमाणपत्र समेत बितरण गरिने शिक्षा शाखा प्रमुख रविन्द्र कुमार पण्डितले बताए ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...