News Portal

कर्फ्यू दीर्घकालीन समाधान होइन, अपराधीलाई कारवाही होस् : नयाँ शक्ति

६३१ पटक

९ भदौ, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले निर्मला पन्तको हत्यामा संलग्नलाई हदैसम्मको कारवाही माग गरेको छ । साथै निर्मलाको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १७ वर्षीय एक किशोरको मृत्यु भएको घटनाको घोर भर्तसना पनि गरेको छ ।

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले शनिबार बिहान ट्वीट गर्दै निर्मला पन्तको जस्तो नियती कसैले भोग्नु नपरोस् भनेका छन् । उनले समाजमा निर्धक्क र सुरक्षित भएर बाँच्न पाउने न्याय र अधिकारको लडाइँमा आफूले सधैं साथ दिने बताएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘निर्मला पन्तको जस्तो नियति कसैले भोग्नु नपरोस्, हत्यारालाई कठघरामा उभ्याएर हदैसम्मको कारवाही गरियोस् । हाम्रा आमा, दिदीबहिनी, छोरी चेलीले यो समाजमा निर्धक्क र सुरक्षित भएर बाँच्न पाउने न्याय र अधिकारको लडाइँमा मेरो सधैँ साथ, समर्थन र सहयोग रहनेछ ।’

यसैबीच नयाँ शक्ति पार्टीका प्रकाशन विभाग प्रमुख विश्वदीप पाण्डेले शनिबार प्रेस विज्ञप्ति जारी गरी किशोरी बलात्कार र हत्याको घटनाको छानविन गरी अपराधीलाई कारवाही गर्ने काममा द्रुतरुपमा लाग्न सरकारसँग माग गरेका छन् । साथै प्रहरीको गोली लागी मृत्यु भएका सनि खुनाको परिवारलाई क्षतिपूर्ति प्रदान गर्न र घाइतेहरुको शीघ्र उपचार गर्न पनि नयाँ शक्तिले माग गरेको छ ।

कर्फ्यू दीर्घकालीन समस्याको समाधान नभएकोतर्फ सरकारको ध्यानाकर्षण पनि गराइएको छ ।

पाण्डेले विज्ञप्तिमा लेखेका छन्, ‘परिस्थितिलाई साम्य पार्न भन्दै स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यू आदेश दीर्घकालीन समाधानको उपाय नभएकोले किशोरी बलात्कार र हत्याको घटनाको छानविन गरी अपराधीलाई कारवाही गर्ने काममा द्रूतरुपमा लाग्न सरकारसँग नयाँ शक्ति पार्टी, नेपाल जोडदार माग गर्दछ ।’

प्रतिकृया दिनुहोस्

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...

अनुहार फेरि फेरि षडयन्त्र नगरौं !

– कमला थापा २०८२ फाल्गुन २५ गते सोमबार। “अनुहार फेरि-फेरि षडयन्त्र नगरौं” उक्त भनाइ श्री...

आज २०८२ साल फागुन २५ गतेको राशिफल

आज फागुन २५, २०८२ ( मार्च ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सुनसरी-१ मा हर्क साम्पाङ विजयी

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१ बाट विजयी भएका छन् । उनले...