News Portal

  • थाइल्याण्ड जान लागेका पूर्वलडाकू विष्टलाई किन विमानस्थलबाटै फर्काइयो ? यस्तो छ कारण !

    हिमाली संचार संवाददाता
    ५९८ पटक

    काठमाडौं – सरकारले एकजना पूर्वमाओवादी लडाकूलाई थाइल्याण्ड जान रोक लगाएको छ । शुक्रबार त्रिभुवन विमानस्थलमा पुगेका उनलाई एउटा पत्र थमाएर अध्यागमनका कर्मचारीले फर्काइदिएका छन् ।

    सरकारले माओवादीका पूर्वलडाकू लेनिन विष्टलाई विदेश जान नदिई विमानस्थलबाटै फर्काएको हो । उनी माओवादीमा बाल सेनाका रुपमा कार्यरत थिए । हाल उनी वयस्क भइसकेका छन् ।

    जनयुद्धकालमा माओवादीको बाल सेना बनेका विष्टले पछिल्लो समय युद्धमा बालबालिकाको प्रयोगको विपक्षमा मुद्दा उठाउँदै आएका थिए । उनले अन्तर्राष्ट्रिय मञ्चमा बाल सेनाबारे प्रस्तुति दिन जान लागेको सूचना पाएपछि विदेश जान नदिइएको गृहमन्त्रालय स्रोतको भनाइलाई उदृढ गर्दै अनलाइनखबरले जनाएको छ।

    तर, आफू बालसैन्यबारे कुरा गर्न नभई युवाहरुको कार्यक्रममा सहभागी हुन जान लागेको विष्टले बताए । युवाहरुलाई कसरी शान्तिपूर्ण बाटोमा लगाउन सकिन्छ भन्नेबारे थाइल्याण्डमा कार्यक्रम हुन लागेको विष्टले बताए ।

    उनी थाइल्याण्डमा हुन लागेको ‘युथ इन कन्फ्लिक्ट हेल्पिङ एण्ड पिस विल्डिङ थ्रु सोसियल इङ्गेजमेन्ट’ कार्यक्रममा सहभागी हुन जान लागेका थिए ।

    शुक्रबार बिहान ९ बजे विमानस्थल पुगेका विष्टलाई अध्यागमन विभागका कर्मचारीले रोकेका थिए । ‘माथिको आदेश’ भन्दै उनलाई रोकिए पनि केहीबेरमा विष्टलाई दिइएको पत्रमा ‘थाइल्याण्डमा सहभागी हुन जान लागेको कार्यक्रम सम्बन्धमा नेपाल सरकारको कुनै पनि निकायको अनुमति नलिएकाले फिर्ता’ गरिएको भनिएको छ ।

    अन्तर्राष्ट्रिय फोरममा नेपालको बेइज्जत हुने गरी प्रस्तुति दिनका लागि विष्टलाई एक एनजीओले थाइल्याण्ड लान लागेको गृह मन्त्रालयमा रिपोर्टिङ भएपछि उनलाई रोकिएको स्रोतको दाबी छ ।

    सत्तारुढ माओवादी नेताहरुको आदेशमा आफूलाई रोकिएको विष्टले गुनासो गरे । उनले भने ‘यो सरकारले लोकतन्त्र र मानव अधिकारको कुरा गर्नु त केवल बोलीमा मात्र रहेछ ।’

    प्रतिकृया दिनुहोस्

    अशोक राई नेतृत्वको जनता समाजवादी फुट्यो

    काठमाडौँ। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको ३१ सदस्य कार्यसमिति गठन भएको छ। आइतबार बसेको...

    तमू समाज कुवेतद्वारा आयोजित “आठौ रक्तदान” कार्यक्रम सम्पन्न

    कुवेत-“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४...

    आज बैशाख-२३ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २३ गते आइतबार इश्वी सन २०२४ मे ५...

    सशस्त्र प्रहरीले जोगायो नदीले बगाउँदै गरेका व्यक्तिको ज्यान

    सप्तरी। बैशाख २१ गते बिहान करिब ९ बजेको हुँदो हो। कन्चनरुप नगरपालिका–१ स्थित बैरवाको उत्तर...

    आज बैशाख-२२ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २२ गते शनिबार इश्वी सन २०२४ मे ४...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal