News Portal

श्रीमतीले गरिन् श्रीमानको हत्या

हिमालीसंचार संवाददाता
४०२ पटक

काठमाडौं। रुकुमपश्चिममा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन्। चौरजहारी नगरपालिका-२ निवासी ३२ वर्षीया दिपा कुमालले उनका श्रीमान् ४० वर्षीय मधु कुमालको हत्या गरेकी हुन्।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार बिहान करिब साढे २ बजेतिर दिपाले आफ्नै श्रीमानको हत्या गरेको खुलेको छ।

आमाले चिर्पटले टाउकोमा हानेपछि बुबाको मृत्यु भएको भनेर मृतकका छोरा खिम कुमालले प्रहरीलाई खबर गरेका थिए।

सूचना लगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दीपेन्द्र रावलको नेतृत्वमा गएको प्रहरी टोलीले हत्या आरोपी महिलालाई नियन्त्रणमा लिएको छ।

मृतकको शव भने पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ।

प्रहरीका अनुसार घरायसी विवादको कारण श्रीमानको हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...