News Portal

  • नेपाल प्रहरीको आईजीपीमा ज्ञवाली नियुक्त

    हिमाली संचार संवाददाता
    ४०६ पटक

    काठमाडौं २९, २०७६ माघ : झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुरप्रसाद ज्ञवालीलाई नियुक्त गरेको छ।

    मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले डीआईजी ज्ञवालीलाई नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो।

    गृहमन्त्री रामबहादुर थापाले ज्ञवालीलाई प्रहरी महानिरीक्षक बनाउने प्रस्ताव निर्णयार्थ पेश गरेका थिए।

    २०४७ साल असार २५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका ज्ञवाली ३० वर्षे सेवाअवधि कायम रहे झण्डै ५ महिना प्रहरी महानिरीक्षक हुनेछन।

    प्यूठान जिल्लामा जन्मिएका ज्ञवाली पछिल्लो समय दाङ जिल्लाको देउखुरीस्थित राप्ती गाउँपालिकाको सिसहनियामा बसोबास गर्छन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर १ गतेको राशिफल

    आज मंसिर १, २०८२ (नोभेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    अरबमा नेपाली श्रमिक शोषण तीव्र – धिरेन सुवेदी

    काठमाडौं – अरब मुलुकमा रहेका नेपाली श्रमिकको अवस्था अझै पनि चुनौतीपूर्ण बन्दै गएको छ। चम्किला...

    ‘लेखक र मलाई थुन्नु सुशासन हो?’– ओलीको सरकारप्रति टिप्पणी

    काठमाडौं, कार्तिक ३० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश...

    निर्वाचन आयोगमा दल संख्या १२२ कायम, ७ नयाँ दर्ता र ७ खारेज

    काठमाडौँ, कार्तिक ३० – निर्वाचन आयोगले हालसम्म १२२ वटा राजनीतिक दल दर्ता भइसकेको जानकारी दिएको...

    भोलिदेखि कोरियन भाषा परीक्षा सुरु, ६७ हजारभन्दा बढी युवाको सहभागिता

    काठमाडौँ, कार्तिक ३० – कोरियामा रोजगारी खोज्ने नेपाली युवाका लागि आवश्यक कोरियन भाषा परीक्षा भोलिदेखि देशभर...