News Portal

संघीयता हामीले सोचेको जस्तो भएन, पुर्नविचार गर्न सकिन्छ : प्रचण्ड

हिमाली संचार संवाददाता
५१७ पटक

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय प्रणाली आफूहरुले सोचेको जस्तो नभएको बताएका छन्। उनले जुन हिसाबले सोचेर संघीयताको कुरा गरिएको थियो, त्यसअनुरुप नभएको भन्दै यसमा पुनर्निर्विचार गर्न सकिने धारणा राखे।

नुवाकोटको पञ्चकन्या गाउँपालिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संघीयताबारे भोलिका दिनहरुमा बहस गर्न सकिने बताए। उनले भने, ‘संबिधानले परिमार्जन र संशोधन गर्न सकिन्छ भनेको छ, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनताबाहेक सबै कुरा संशोधन हुन सक्छ हामीले भनेकै छौँ, त्यसमा छलफल हुन सक्छ।

अहिले भएका संरचनामा देशभरी असन्तुष्टि रहेको उल्लेख गर्दै प्रचण्डले भोलि हेरफेर हुनसक्ने सम्भावना रहेको बताउँदै धैर्य गरेर बस्न आग्रहसमेत गरे। उनले ५ नम्बर प्रदेशका बाँके र बर्दिया जिल्ला कर्णाली प्रदेशमा गाभिन उत्सुक रहेको बताए।

उनले भने, ‘५ नम्बर प्रदेशमा म अस्ति जाँदा बाँके र बर्दिया राजधानी र केन्द्रको बारेमा कुरा मिलेन भने हामी बस्दैनौँ भन्ने विचार सुनेँ। उनले २ नम्बर प्रदेशमा हेर्दा सजिलो देखिए पनि त्यति सजिलो नभएको, बारा, पर्सा र रौतहट बरु ३ नम्बरमै सजिलो हुन्छ भन्ने मतमा रहेकाले संघीयता र संरचनाबारे छलफल गर्न सकिने दोहोर्याए।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...