News Portal

चीनबाट हङकङ प्रबेश गर्दा क्वारेन्टाइनमा बस्नुपर्ने

युवा राई
६०२ पटक

हङकङ : चीनको वुहान शहरको हुबेइ प्रान्तबाट फैलिएको नोवेल कोरोना भाइरसले विश्वमा तरंगपैदा गरेसंगै विश्व स्वास्थ्य संगठनले स्वास्थ्य-संकटकाल धोषणा गरेर थप उच्च सतर्कता अपनाएको छ। 

हङकङका कार्यकारी प्रमुख क्यारी लामले चीनबाट हङकङ आउने प्रत्यक ब्याक्ति क्वारेन्टाइनमा बस्नु पर्ने बताएकी छिन् । चीनबाट हङकङ आउने हरेक ब्याक्ति स्वास्थ्य सुरक्षाको लागि अनिवार्य रुपमा दुइ हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ।

नोवेल कोरोना भाइरसका न्यूनीकरणका लागि सरकारले १० अर्ब हङकङ डलर छुट्याएको जानकारी गराउदै चीनबाट हङकङ आउने प्रत्यक ब्याक्ति क्वारेन्टाइनमा बस्नु पर्ने बताएकी हुन।

हङकङमा नोवेल कोरोना भाइरसबाट अहिले सम्म २१ जना सर्बसाधारण संक्रमित भएको पुष्टि भएको छ भने एक जनाको मृत्यु भइसकेको छ। हङकङका नागरिकको चर्को विरोधपछि सरकारले एकपछि अर्को कडा नीतिहरु अपनाएको छ भने चीनसँगका प्राय सबै नाका बन्द गरिसकेको छ।

थप उच्च सतर्कता अपनाउदै चीनसँगको रेल र डुंगा सेवा समेत ठप्प पारेको छ। हङकङ सरकारको यस्तो उच्च सतर्कतासंगै भाइरस संक्रमणका जोखिम न्यूनीकरण हुन सक्ने अपेक्ष गरिएको छ।

विश्व स्वास्थ्य संगठनले स्वास्थ्य-आपतकालीन घोषणा गरिसकेको भाइरसबाट चीनमा ५६३, हङकङ १ जना र फिलिपिन्समा १ जनाको मृत्यु भइसकेको छ। हाल सम्म करिब २८,२८२ संक्रमित भएको स्वास्थ्य अधिकारीहरुले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि...

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको...

अस्पतालका निःशुल्क बेड अब अनलाइनमार्फत हेर्न मिल्ने

काठमाडौं, वैशाख ३ – सरकारले देशभरका अस्पतालमा विपन्न र असहाय बिरामीका लागि छुट्याइएको १० प्रतिशत...