News Portal

कोरोना भाइरस: थप सतर्कत अपनाउन गैरआवासीय नेपाली संघ मकाउको अनुरोध

हिमाली संचार संवाददाता
९७५ पटक

मकाउ ०२, २०२० फेब्रुअरी : चीनको हुवान हुवेइ प्रान्तबाट महामारीको रुपमा देखापरेको कोरोना भाइरसको प्रकोपले चीन मात्रै होइन आज विश्व नै आक्रान्त भइरहेको छ । बिहीबार मात्र विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ।

चीनको हुवानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न २० भन्दा बढी देशमा लक्षण देखा परेको विभिन्न सञ्चार मध्यमहरुले जनाई रहेको छ। शुक्रबार बिहानसम्म चीनमा कोरोना भाइरसका कारण २१३ जनाको मृत्यु भएको छ भने झन्डै १० हजार संक्रमित भएका छन्।

गैरआवासीय नेपाली संघ मकाउले एक विज्ञप्ति निकाल्दै मकाउमा कार्यरत नेपाली समुदायहरुलाई कोरोना भाइरसबाट सकेसम्म स्वास्थ्यमा थप सतर्कता अपनाउन विशेष अपील गर्दै स्वास्थ्य अधिकारीहरुले बताए अनुसारको स्वास्थ्य सुरक्षा अबलम्बन गर्नु हुन अनुरोध गर्दै स्वास्थ्यमा कुनै असहज महसूस भएमा तुरुन्तै स्थानीय सम्बन्धित सरकारी निकायका हॉस्पिटलहरुमा सम्पर्क राख्न साथै स्वास्थ्य परामर्श लिनु हुन गैरआवासीय नेपाली संघ मकाउले अनुरोध समेत गरेको छ। 

कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या – २१३ मृत्यु, ९६९२ संक्रमित, थाइल्यान्ड – १४ जना संक्रमित, हङकङ – १२ जना संक्रमित, जापान – ११ जना संक्रमित, सिंगापुर – १० जना संक्रमित, अस्ट्रेलिया-ताइवान – ९/९ जना संक्रमित, मलेसिया-मकाउ- ७/७ जना संक्रमित, अमेरिका, फ्रान्स, दक्षिण कोरिया – ६/६ जना संक्रमित, जर्मनी, यूएई – ४/४ जना संक्रमित, भियतनाम, क्यानडा इटाली – २/२ जना संक्रमित, नेपाल, कम्बोडिया, श्रीलंका, फिनल्यान्ड, फिलिपिन्स र भारतमा – १/१ जना संक्रमित भएको विश्व स्वास्थ्य संगठन साथै अधिकारीहरुले उल्लेख गरेको छ।

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...