News Portal

ओली हिँड्नेवित्तिकै नेकपाको बैठकमा हँगामा भएपछि..

हिमाली संचार संवाददाता
५०१ पटक

काठमाडौं १६, २०७६ माघ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरूले भारतले नेपालको सिमाना मिचेको र अमेरिकी सहयोग एमसीसीसम्बन्धी एजेण्डा कार्यसूचीमा नराखेको भन्दै हँगामा मच्चाएका छन।

काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बुधबार बसेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको कार्यसूचीमा सिमाना मिचिएको विषय र विवादित एमसीसी किन नराखेको भनेर केन्द्रीय सदस्यहरूले उत्पात विरोध गरेका हुन।

बैठकमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले करीव साढे दुई घण्टा बोलेर हिँड्नेवित्तिकै हँगामा भएको हो।

ओली बैठकबाट गएपछि महासचिव विष्णु पौडेलले बैठकको कार्यसची पेश गरेका थिए। कार्यसूचीमा भारतले लिपुलेक, कालापानीलाई आफ्नो नयाँ नक्सामा राखेको तथा विवादित एमसीसीको विषय नराखेपछि हँगामा भएको थियो।

केन्द्रीय सदस्यहरू भीमबहादुर रावल, विरोध खतिवडा, युवराज ज्ञवाली, जगन्नाथ खतिवडालगायत करीव ५० जनाले कार्यसूचीको विरोध गरेको उच्च स्रोतले जनाएको छ।

केन्द्रीय सदस्यहरूले हँगामा मच्चाएपछि नेकपाका दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ती विषयहरूमा छलफल हुनेभन्दै आश्वासन दिएपछि बल्ल केन्द्रीय सदस्यहरू शान्त भएको स्रोतको भनाइ छ।

बैठकले १५ वटा समूह बनाएको छ। प्रत्येक समूहमा २९–२९ जना केन्द्रीय सदस्य रहेका छन। राजनीतिक प्रतिवेदनमा समूहमा छलफल हुनेछ।

छलफलपछि टोली नेताले बैठकमा समूहबाट आएको सुझाव र धारणा राख्नेछन। बैठकमा ओलीले एसीसी, यती समूहलगायतका विषयमा सरकारको बचाउ गरेका थिए।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...