News Portal

रामेछापको खाँडादेवीका २ दर्जन नेकपा नेताकार्यकर्ता कांग्रेसमा प्रवेश 

हिमाली संचार संवाददाता
४७६ पटक

काठमाडौं १६, २०७६ माघ : रामेछाप खाँडादेवी गाउँपालिकाका दुई दर्जन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन।

नेकपाभित्र बौद्धिक एवं कुशल संगठकको परिचय बनाएका रामकुमार कार्कीको नेतृत्वमा रामहरी कार्की, हरि कार्की, रामहरि गिरि लगायतका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आयोजित कार्यक्रममा उनीहरु कम्युनिष्ट पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेको नेविसंघ निवर्तमान केन्द्रिय सदस्य रत्नहरी ढुंगेलले जानकारी दिए।

रामेछापका पार्टी सभापति लवश्री न्यौपाने लगाएत नेता कार्यकर्ताको बाक्लो उपस्थितिकाबिच नवआगन्तुकहरुलाई केन्द्रिय सभापति देउवाले पार्टी सदस्यता प्रदान गरि स्वागत गरेका थिए। सभापति देउवाले नव प्रवेशीलाई पनि पार्टीमा उचित जिम्मेवारी प्रदान गरिने बताए।

नव आगन्तुकका तर्फबाट मन्तव्य राख्दै रामकुमार कार्कीले स्थानीय सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको तथा कम्युनिष्ट नेताहरु खोक्रो आडम्बरीमा टिकेका भन्दै वर्तमान कम्युनिष्ट सरकारले जनतामाथी चरम शोषण गरी सिङ्गो देशलाई नै भ्रममा राखेको बताए।

यसरी भ्रममा टिकेको कम्युनिष्ट पार्टी अब छिटैनै ध्वस्त हुँदै जाने संकेत देखिएको उल्लेख गर्दै अब कांग्रेसलाई एक ढिक्का बनाएर बिजयको यात्रातर्फ उन्मुख गराउने उत्तरदायित्व हाम्रो काँधमा पनि आएको कार्कीले बताए।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...