News Portal

मेलिनाले पर्वतबासीलाई यसरी छमछम नचाईन्

हिमाली संचार संवाददाता
६२५ पटक

दुर्गाप्रसाद शर्मा
पर्वत १५, २०७६ माघ : सुगम संगीतमा पछिल्लो समयकी लोकप्रिय गायिका मेलिना राईले पहिलोपटक पर्वतमा आफ्ना गीत गाएर दर्शक तथा श्रोतालाई छमछम नचाएकी छन।

पर्वत महोत्सबमा सोमबार चिसो रातमा आफना हिट गीत गाएर स्टेजमा चढेकी गायिका मेलिना राईले आफुँ मात्रै नाचिनन पर्वतको कुस्माका हजारौ दर्शकलाई आफ्ना गीत संगीतबाट नचाएकी हुन।

कुस्माबजारको बड्गाउँचौरमा भैरहेको महोत्सब स्थल सोमबार दिउँसो देखि नै भरिभराउ थियो। दिनभर भाइरल गायिका कमला घिमिरेको प्रस्तुतीमा नाँचेका दर्शकहरु साँझ परेपछि मेलिना राईको प्रतिक्षा गरिरहेका छन।

रातको ८ बज्न आँटेको थियो उनी मञ्च चढेपछि महोत्सब स्थल झनै भरिभराउ भयो। के केटाकेटी, के बुढाबुढी, युवायुवती सबै गीतमा झुम्न र नाच्न थालेका थिए।

‘रातो टिका निधारमा टलक्कै टल्कियो‘ होस वा ‘कुटुमा कुटु सुपारी दाना’ ‘कसरी कसरी’, ‘माछीले खाने खोलीको लेउ’, ‘टिकटकमा देखेको’ ‘तिमिले बाटो फेर्यौ अरे’, ‘हावा चल्यो सिरीरी’ लगायतका दर्जन भन्दा बढी गीत गाईन।

अन्त्यमा‘कस्ले कुरा लाई दियो’ गीतबाट आफ्नो एक घण्टा भन्दा लामो प्रस्तुती सकाउनुभएको थियो। सबै दर्शकले जाडोको प्रवाह नगरि रात कटेको प्रवाह नगरी उनलाई हुटिंग गर्दै स्वागत गरिरहेका थिए।

अन्य कलाकारहरुले पटकपटक दर्शकसंग ताली माग्छन तर पहिलो पटक पर्वत आउनुभएकी मेलिना पनि दर्शकको साथ पाएपछि दर्शकहरुसँर्ग कार्यक्रमलाई सफल पार्न हुटिङ र ताली माग्नै परेन।

मेलिना राईले मात्रै होइन पर्वतको महोत्सबको छैठौ दिन सोमबार दिउँसो सामाजिक सञ्जालमा भाईरल भएकी बाल गायिका कमला घिमिरेले पनि महोत्सबको माहौललाई निक्कै तताउन सफल हुनुभयो।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...