News Portal

मेलिनाले पर्वतबासीलाई यसरी छमछम नचाईन्

हिमाली संचार संवाददाता
६६६ पटक

दुर्गाप्रसाद शर्मा
पर्वत १५, २०७६ माघ : सुगम संगीतमा पछिल्लो समयकी लोकप्रिय गायिका मेलिना राईले पहिलोपटक पर्वतमा आफ्ना गीत गाएर दर्शक तथा श्रोतालाई छमछम नचाएकी छन।

पर्वत महोत्सबमा सोमबार चिसो रातमा आफना हिट गीत गाएर स्टेजमा चढेकी गायिका मेलिना राईले आफुँ मात्रै नाचिनन पर्वतको कुस्माका हजारौ दर्शकलाई आफ्ना गीत संगीतबाट नचाएकी हुन।

कुस्माबजारको बड्गाउँचौरमा भैरहेको महोत्सब स्थल सोमबार दिउँसो देखि नै भरिभराउ थियो। दिनभर भाइरल गायिका कमला घिमिरेको प्रस्तुतीमा नाँचेका दर्शकहरु साँझ परेपछि मेलिना राईको प्रतिक्षा गरिरहेका छन।

रातको ८ बज्न आँटेको थियो उनी मञ्च चढेपछि महोत्सब स्थल झनै भरिभराउ भयो। के केटाकेटी, के बुढाबुढी, युवायुवती सबै गीतमा झुम्न र नाच्न थालेका थिए।

‘रातो टिका निधारमा टलक्कै टल्कियो‘ होस वा ‘कुटुमा कुटु सुपारी दाना’ ‘कसरी कसरी’, ‘माछीले खाने खोलीको लेउ’, ‘टिकटकमा देखेको’ ‘तिमिले बाटो फेर्यौ अरे’, ‘हावा चल्यो सिरीरी’ लगायतका दर्जन भन्दा बढी गीत गाईन।

अन्त्यमा‘कस्ले कुरा लाई दियो’ गीतबाट आफ्नो एक घण्टा भन्दा लामो प्रस्तुती सकाउनुभएको थियो। सबै दर्शकले जाडोको प्रवाह नगरि रात कटेको प्रवाह नगरी उनलाई हुटिंग गर्दै स्वागत गरिरहेका थिए।

अन्य कलाकारहरुले पटकपटक दर्शकसंग ताली माग्छन तर पहिलो पटक पर्वत आउनुभएकी मेलिना पनि दर्शकको साथ पाएपछि दर्शकहरुसँर्ग कार्यक्रमलाई सफल पार्न हुटिङ र ताली माग्नै परेन।

मेलिना राईले मात्रै होइन पर्वतको महोत्सबको छैठौ दिन सोमबार दिउँसो सामाजिक सञ्जालमा भाईरल भएकी बाल गायिका कमला घिमिरेले पनि महोत्सबको माहौललाई निक्कै तताउन सफल हुनुभयो।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...