News Portal

व्यवसायीलाई अर्थमन्त्रीको प्रश्न : कृत्रिम त्रास पालेर कति बस्नुहुन्छ ?

हिमाली संचार संवाददाता
५४० पटक

काठमाडौँ : अर्थमन्त्री डा. युवराज खतिवडाले अब सरकारप्रति अनावश्यक आशङ्का नगर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्। विगतमा व्यवसायीहरुप्रति ज्यादती भएको स्वीकार गर्दै अर्थमन्त्री खतिवडाले अब सरकार सच्चिइसकेको भन्दै अब सरकारसँग अनावश्यक त्रास पालेर नबस्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका हुन्।

६८औँ भन्सार दिवसको अवसरमा भन्सार विभागले गरेको कार्यक्रममा खतिवडाले पछिल्लो समय आफू व्यवसायीहरुसँगको लामो यात्रामा निस्किएको भन्दै त्यो यात्रामा व्यवसायीहरुमा विभिन्न भय देखिएको तर ती सबै भय कृत्रिम मात्रै भएको दाबी गरे।

‘व्यवसायी साथीहरु सम्पत्ति शुद्धीकरणसँग डराउँदा रहेछन् । बैङ्कको ब्याजदरसँग पनि उहाँहरु डराउनुहुँदो रहेछ। ब्यापार घाटा बढ्दा पनि देशको अर्थतन्त्र बिग्रियो, विदेशी मुद्रा सकिने भयो भन्ने त्रासमै भएको देखेँ, सरकारी राजस्व घट्दा पनि अब सरकारले डन्डा लगाएर कर उठाउने भयो भन्ने भय नै देखेँ। यस्ता भय लिएर कतिन्जेल बस्नुहुन्छ ?’ खतिवडाले प्रश्न गरे ।

उनले सम्पत्ति शुद्धीकरण खराब काम गर्ने व्यवसायीका लागि मात्रै भएको भन्दै सम्पत्ति शुद्धीकरण सक्रिय भयो भन्दैमा गलत काम नगर्नेहरु डराउनु नपर्ने बताए। ‘पहिले यसका कामकारबाहीमा केही प्रश्न उठेका थिए, केही ज्यादती भएका थिए तर अब यो निकाय प्रधानमन्त्री मातहत गएको छ, अब यसले राम्रो काम गरिरहेको छ, विश्वस गर्नुस्’, उनले भने।

उनले बैङ्कको ब्याजदर पनि स्थिरतातर्फ गइसकेको दाबी गर्दै अब पनि बैङ्किङ क्षेत्रको ब्याजदर पहिलेजस्तो लिनै नसक्नेगरी नबढ्ने दाबी गरे। बैङ्किङ क्षेत्रमा पहिले केही समस्या देखिएको भए पनि अब बैङ्किङ क्षेत्रको अवस्था सन्तुलनमा पुगिसकेको उनको भनाइ थियो ।

त्यस्तै उनले देशको राजस्व जतिसुकै घटे पनि व्यवसायीलाई अतिरिक्त भार पर्नेगरी कर नलगाउने उनको प्रतिबद्धता थियो। तपाईंहरुले राजस्व घट्दा पनि खुसी हुने अर्थमन्त्री पाउनुभएको छ, यो ठूलो कुरा हो, हामी कर नलाग्ने आयमा कहिले पनि कर लगाउँदैनौँ, हाम्रो खर्चको स्रोतका लागि अन्य धेरै विकल्प छन्’, खतिवडाले भने, ‘व्यापार घाटा घटेर पनि चिन्ता गर्नु पर्दैन, हामीसँग ९ महिनाको आयात धान्ने विदेशी मुद्रा छ, यो दक्षिण एसियाकै सबैभन्दा धेरै हो।

नेपालले लिएको दिगो विकासको लक्ष्यको मुख्य उद्देश्य भनेकै समाज, वातावरण र भावी पुस्ताको अधिकारमा कटौती नहुनेगरी गरिने व्यापार भएको भन्दै उनले विश्व भन्सार सङ्गठनको नारा पनि त्यही वरिपरि घुमेको बताए।

नेपालको भन्सार प्रशासनलाई विश्व व्यापार सङ्गठन, दक्षिण एसियाली स्वतन्त्र व्यापार सङ्गठनलगायत निकायहरुले निर्देश गर्ने भएको भए पनि नेपालमा खुला वैधानिक बाटोबाट आयात र अवैधानिक बाटोबाट निर्यात हुने गरेको आशङ्का समेत उनको थियो।

हामी सबै क्षेत्रमा सदाचारिता चाहन्छौँ, भन्सारमा देखिएका केही समस्यालाई हामी सम्बोधनका लागि पहल गर्छौं । भन्सार सुधारको पाँचौँ योजनाअन्तर्गत २०२१ भित्रै सबै समस्याको समाधान हुन्छ ।

चोभारको ड्राइपोर्ट झन्डै तुहिएन

खतिवडाले चोभारमा बनाउन लागेको अत्याधुनिक सुविधा सम्पन्न सुख्खा बन्दरगाह बनाउने योजना चुहिने चरणमा पुगे पनि त्यसलाई बचाउन सफल भएको भन्दै त्यसमा ४१ वटा निकायहरु एकै ठाउँमा रहने बताए।

आईसीपीमा हामी २१ वटा संस्थालाई एकैठाउँमा ल्यायौँ भनेका छौँ, ड्राइपोर्टमा ४१ वटा संस्था एकै ठाउँमा आउँछन्, त्यो बनेपछि विश्वस्तरको भन्सार प्रणाली भएको अनुभूति तपाईंहरुले गर्नुहुनेछ, विल्डिङ र सिङ्गल विन्डोले भन्सार प्रशासनमा कायापलट हुन्छ’, व्यवसायीहरुसँग खतिवडाले भने ।

उनले अहिले वीरगञ्ज र विराटनगर भन्सारमा आईसीपी सुरु भइसकेको, नेपालगञ्ज र भैरहवामा बन्ने चरणमा रहेको तथा चाँदनी दोधारामा अर्को सुख्खा बन्दरगाह निर्माण कार्य अघि बढेको सुनाउँदै भने– ‘अब बोलेर मात्रै हुँदैन, २ वर्ष भइसक्यो बोलेको अब कति मात्रै बोल्नु ?

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...