News Portal

बनमन्त्री शक्ति बस्नेतनिकट गाउँपालिका अध्यक्ष ८ लाख घूससहित पक्राउ

हिमाली संचार संवाददाता
१०६२ पटक
१०, माघ २०७६

सुर्खेत – जाजरकोटको जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी ८ लाख घूस लिने क्रममा वीरेन्द्रनगरबाट अख्तियारको नियन्त्रणमा परेका छन। बिहिवार दिउँसो २ बजे उनीसहित अर्का एक व्यक्ति चन्द्रबहादुर बस्नेत कटकुवा हेल्थपोस्ट नजिकैबाट पक्राउ परेका हुन।

सडक निर्माण उपभोक्ता समितिको बिल पास गरिदिने नाममा घूस मागेको जानकारी आएपछि अख्तियारले उपभोक्ता समितिका पदाधिकारीको सहयोगमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रवक्ता मघेराज सापकोटाले जानकारी दिए।

अध्यक्ष केसी तत्कालिन माओवादी केन्द्रवाट स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका थिए। जाजरकोटको जुनिचाँदे गाउँपालिका बनमन्त्री शक्ति बहादुर बस्नेतको निर्वाचन क्षेत्र हो।

प्रतिकृया दिनुहोस्

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...