News Portal

देउवा-पौडेलबीच छलफल, पार्टीभित्र देखिएको विवाद समाधान

हिमाली संचार संवाददाता
४११ पटक

काठमाडौँ — पार्टीभित्रको विवाद समाधानका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र देउवासँग छलफल गरेका छन् ।

सभापति देउवा र पौडेललगायत असन्तुष्ट पक्षका नेताहरूबीच पार्टीभित्रदेखिएको विवाद समाधान गर्ने विषयमा बुधबार छलफल भएको हो ।

सभापति देउवाको निवास बुढानिलकण्ठमा भएकोछलफलमा विवाद समाधानका लागि अहिलेसम्म भएका गृहकार्यको बारेमा छलफल भएको पौडेलले बताए । शुक्रबार बिहानै पुनः बैठक बसेर विवाद टुंग्याउने प्रयास हुने उनको भनाइ छ

पौडेलसँगै पार्टीनेताहरू प्रकाशमानसिंह र कृष्णप्रसाद सिटौला बुढानिलकण्ठ पुगेका थिए । छलफलमा उपसभापतिविमलेन्द्र निधीपनि सहभागीथिए । यसअघि पुस २७ गते बुढानीलकण्ठमै सभापतिदेउवा, पौडेल र सिटौलाबीच छलफल भएको थियो ।

पौडेल पक्षले महाधिवेशन कार्यतालिका सच्याउनुपर्ने, तत्काल विभागको संख्या बढाउन नहुने र भातृसंगठनहरूको विवाद चाँडो टुंगो लगाउनुपर्ने लगायतका माग राख्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...