News Portal

राजपा र समाजबादीले माघ ७ लाई सम्झदै सहिद दिवस मनाए, के के भएको थियोे त ?

हिमाली संचार संवाददाता
४८२ पटक

रबिन्द्र बराल
मोरङ ०८, २०७६ बुधबार माघ : श्रद्धाञ्जली सभा तथा सहिद परिवार सम्मान कार्यक्रम रंगेली गरिएको छ। २०७२साल माघ ७ गते मधेश अान्दाेलनका क्रममा ज्यानकाे अाहुति दिएका सहिदहरुकाे सम्झनामा प्रत्येक बर्ष सहिद परिवरका सदस्यहरुलाई सम्मान तथा मृतकहरुलाई श्रद्धाञ्जली दिएर चाैथाे सहिद दिवस मनाएका छन।

उनिहरुले हुने रंगेली नगरपालिका द्राेपति चाैधरी, सुनवर्शिसि नगरपालिकाका शिवु माझी र महादेव ऋिषिदेवका परिवारहरुलाई दाेसहल्लाहा अाेढाएर सम्मान गरेको थिए। उक्त कार्यक्रमका प्रमुख अतिथि समाजवादि पाटिका सभासद जयराम यादव, बिशिष्ठ राज कुमार यादव, मो.कादिर, हिरालाल मण्डल, पन्नालाल मंन्डल, शंकर प्रसाद साह, नगरपालिकाका कार्यपालिका सदस्य शंकर कुमार साहलगायतकाे उपस्थित समेत रहेको थियो।

कार्यक्रमलाई सम्बाेधन गर्दे भने-अहिलेसम्म पनि मधेशकाे मुद्दालाई दुई तिहाइ सरकारले केही पनि सम्बाेधन गर्ने नसकेको र मधेसीका जनताहरुलाई बेवास्ता गरेको समेत अाराेप लगाएका छन। श्रद्धाञ्जलीसभामा राष्ट्रिय जनता पाटि र समाजवादी पाटिकाे संयुक्त अायाेजनामा गरिएको थियोे।

जान्दाजान्दै किन खेलीयो रंगेलीमा रगतको होली ?

२०७२ असाेज देखि तराईका जिल्लामा आन्दोलन जारि थियो। सिमाङ्कनको विषयमा पुर्वका झापा, मोरङ र सुनसरी पनि विवादमा तानिएका जिल्ला हुन्। पुस महिना रङगेली शान्त थियो। सवै क्षेत्र सहज थिए। मानिसहरु पेशा व्यावसायमा संग्लन हुन थालिसकेका थिए।

घटनाको सुरुवात कसरी भयो त ?

२०७२ पुस २९ गतेबाट सुरु हुन्छ। एमाले निकट युथफोर्सले टुकुवामा आफ्नो वैठक गर्ये। जहा श्रृषिकेश पोखरेल,पर्शुराम बस्नेत पनि थिए। युवासंघको वैठकले विभिन्न कार्यक्रम गर्ने घोषणा गर्ये। २०७२ माघ २ गते कार्यक्रम गर्ने भनिएपनि माघ ४ गते मात्र गर्ने तयारी भयो। उनिहरुले माघ ४ गते रंङगेली वजारमा सरसफाई कार्यक्रमको आयोजना गरे। त्यसपछि ५ गते सामान्य कोणसभा गरियो।

कोणसभामा सुरुमा मण्डल थर भएका मधेशी मुलका नेता बोले। उनले बोल्दा विवाद भएन तर जब पर्शुराम बस्नेत बोल्न थाले त्यसपछि नजिकै रहेका मधेशी मोर्चाका कार्यकर्ताले केपी ओली मुर्दावादको नारा लगाए। दुवै पक्षविच सामान्य विवाद र भनाभन पनि भयो। त्यसपछि २०७२ माघ ६ दिन एमाले युवाहरु रत्तदान कार्यक्रम पनि आयोजना गरे।

जहाँँ ६० पाउण्ड रगत संकलन गरिएको थियो। अब ७ गते एमालेले सभा गर्ने निश्चित भइसकेको थियो। सूरुमा प्रधानमन्त्री केपी ओली आउने कार्यक्रम तय भयो। तर माहोल त्यत्ती सहज थिएन्। २०७२ माघ ६ गते बेलुका नै मोर्चाका कार्यकर्ताले एमालेको मञ्च भत्काउने चेतावनी दिएका थिए। त्यसबेला इलाका प्रहरी हालकाे नगरपालिकामा नै थियोे। साेहि ठाउँमा कार्यक्रम एमाले राखिएको थियो।

मोर्चाका कार्यकर्ताले तयारी अवस्थामा रहेको कार्यक्रमस्थलमा पेट्रोल मब प्रहार गर्दै तोडफोड पनि गरे। त्यहीदिन लागि संकेत भइसकेको थियो, रङगेलीमा केही अनिष्ठ हुन्छ भन्ने बारेमा त्यहा झडप भयो। मोर्चाका कार्यकर्ता पन्नालाल मण्डल घाइते समेत भए उनको टाउको गम्भीर चोट लागेको छ, उनि उपचाररतमा नै थिए।

२०७२ माघ ७ गते विहान कार्यक्रम जसरी पनि गर्ने एमालेको तयारी थियो। काग्रेस,एमाओवादी र स्थानीयवासीले एमालेलाई कार्यक्रम नगर्न पटक– पटक आग्रह गरे। केन्द्रमा वार्ता चलेको वेला कार्यक्रम नगर्न सुझाव पनि दिए तर एमालेले मानेन्। यदि मानिदिएको भए सायद रगतको होली खेलीदैनथ्यो होला। ७ गते विहान ११ वजे कार्यक्रम राखियो, एमाले महासचिव इश्वर पोखरेललाई प्रमुख अतिथी वनाउने भन्दै तयारी गरियो।

तर विहान मौसम सफा भएन्,निकै ठुलो वर्सा भयो। सायद भयानक सुनामी अघिको आधि थियो त्यो मौसम केही मथ्थर भयो। ११ बजेको कार्यक्रम १२ वजे सारीयो तर मोर्चाका कार्यकर्ताहरु ठाउ– ठाउमा हातमा भाला, तरबार र लाठि लिएर जम्मा भएका थिए। अस्पताल चोकमा मोर्चाको प्रर्दशन सूरु भयो। प्रहरीले पहिलो फायरिङ सुरु गर्र्यो। शान्त वनेको मोरङमा गोलीको आवाज आउन थाल्यो डयाङड्याङ। प्रहरीले वोकेको आश्रुग्यास नजिकै रहेको पोखरीमा खस्यो, त्यसपछि त्यसले काम गरेन्।

एमालेका कार्यकर्ता वोकेका २ वस डाईनियामाबाट रङगेली आउदै थिए। प्रहरीले वसलाई रोक्यो। खतराको संकेत देखिएकाले नजान आग्रह गर्र्यो तर कार्यकर्ताहरुले मानेनन्। युवासंघका नेता कार्यकर्ता चढेका वसमा वियरका बोतल, भाला र अन्य घरेलु हतियार राखिएको थियो। त्यहा मोर्चाका कार्यकर्ता र एमाले कार्यकर्ताविच कुटाकुट भयो। मोर्चाका कार्यकर्ताले दुइवटै वसहरु ना २ ख ३८२१ र को १ खा २६७९ मा आगजनी पनि गरे।

मोर्चाका कार्यकर्ताले एमाले नेताहरुलाई नजरबन्दमा राख्ने प्रयास गरे। एमाले नेता विनोद सुवेदी गम्भीर घाइते पनि भए। त्यहिविचमा झडपमा आफ्न्तको घरमा आएकी द्रोपती चौधरीको गोली लागेर ज्यान गयो। मोरङ पुरै तनाव र शोकमा डुवयाे। एमालेको कार्यक्रम त भयो महासचिव इश्वर पोखरेलले ३ मिनेट वोले पनि तर शान्त मोरङ रगतले लतपतियो।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...