यूएई १६, २०२० जनवरी : आबुधाबीमा श्रमिक बोकेको बस दुर्घट्ना हुँदा पाँच जनाको ज्यान गएको छ। यूएईको एमबीएम कम्पनीमा कार्यररत २४ जना श्रमिक बोकेको बस बिहीबार बिहान लरीमा ठोक्किदा नेपाली श्रमिकको पनि ज्यान गएको तर थप विवरण आउन बाँकी रहेको नेपाली दूतावास यूएईले जनाएको छ।
दुर्घटनामा ६ नेपाली घाइते भएका छन्। बसमा रहेका २४ श्रमिक मध्ये १६ जना नेपाली श्रमिक रहेको तर कति जनाको ज्यान गएको छ कति घाइते छन् भनेर हामी तथ्याँक संकलन गरिरहेका छौं,’ नेपाली दूतावास आबुधाबीकी प्रवक्त्ता तथा उपनियोग प्रमुख रिता धितालले भन्नुभयो।
घाइतेको आबुधाबीस्थित एनएमसी, माफ्रक लगायतका अस्पतालमा उपचार भइरहेको छ। नेपाली श्रमिक पनि भएको जानकारी पाए लगत्तै यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रिता धिताल, श्रम काउन्सिलर भेषबहादुर कार्की लगायत दूतावासका स्थानीय कर्मचारी आबुधाबीका विभिन्न अस्पतालमा पुगेका छन्। बसमा नेपालीसहित अफ्रिका, श्रीलङ्का लगायतका श्रमिक थिए।