News Portal

सद्भाव सहकारीकाे १०औं साधारणसभा सम्पन्न, हिमालीसंचारकर्मी बराल सम्मानित

हिमाली संचार संवाददाता
८३५ पटक

रबिन्द्र बराल : मोरङ सद्भाव बचत तथा ऋण सहकारी संस्थाको १०ओै वार्षिक साधारणसभा सम्पन्न भएको छ। रंगेलीकाे मुख्य वजारमा रहेको दुर्गा मंन्दिर पश्चिमपट्टी अाफ्नै भवनमा उक्त कार्यक्रममा गरिएको थियो। साधारणसभामा आर्थिक बर्ष ७५/७६ को आयव्यय प्रस्तुत गरिएको थियो।

संस्थाले कुल ५ करोड ८३ लाख ९० हजार ८ सय ६३ रुपैया लगानी गरेकाे छ। संस्थाले १ करोडौं १५ लाख ६६ हजार ७सय ७१ रुपैयाँ कूल आम्दानी गरी कुल खर्च ८२ लाख ६७ हजार ५ सय ३७ रुपैया गरेको छ।

संस्थाले ३२लाख २९ हजार २ सय ७३ रुपैया शुद्ध मुनाफा समेत गरेको छ। कार्यक्रमकाे बार्षिक प्रतिवेदन संस्थाकाेे तर्फबाट संस्थाका अध्यक्ष कमलेश्वर ठाकुरले प्रस्तुत गर्नुकाे साथै लेखा समितीकाेे तर्फबाट लेखा प्रतिवेदन लेखा संयाेजक धिरेन्द्र कुमार साहले प्रस्तुत गरेका थिए।

उक्त संस्थाकाे ७ सय २४ जना शेयर सदस्य छन भने सदस्य रहेको छ। संस्थाले रंगेली नगरपालिका, सुनवर्सि नगरपालिका, धनपालथान गाउँपालिकाका क्षेत्रमा कृषि, शैक्षिक, व्यवसायिक, चर्पि, धितो कर्जा, फाईनान्स लाई वितिय कारोवार गर्दे आइरहेको छ। सो अवसरमा सस्थाले वृद्धबृद्धा, अपाङ्ग, लगायत ६५ जना कम्वल बितरण गरेका थिए।

त्यसैगरी २०७५ सालमा सामुदायिक बिधालयबाट see परिक्षामा उत्कृष्ट छात्र ,छात्रा हरुलाई प्रसंसा पत्र बितरण गर्नुकाे साथै मकालु टेलिभिजनका रंगेली रिपोटर दिलिप अग्रवाल र एभिन्युज टेलिभिजन तथा अाेवि बिराटनगर , हिमालीसंचारडटकमका रंगेली रिपाेेटर रबिन्द्र बराललाई समेत संस्थाले कदर पत्र समेत हस्तान्तरण गरिएको थियोे।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता, ऋणी तथा कर्मचारी,स्थानीय युवालाई समेत सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथी माेरङ क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा का सदस्य शिव कुमार मंन्डल, विशिष्ट अतिथि रंगेली नगरपालिका मेयर दिलिप बगडिया डिभिजन सहकारी कार्यलयका ताेयानाथ तिम्सिना वडाध्यक्ष रामचन्द्र मंन्डल, सामुदाय प्रहरी सेवाका अध्यक्ष मचिन्द्र कटुवाल, बुद्धिजीवी दिनेश ठाकुर, श्यालाल शर्मा लगायतकाे उपस्थिति समेत रहेको थियोे।

संस्थाका उपाध्यक्ष प्रसाद ठाकुरले स्वागत मन्तव्य दिएका थिए। कार्यक्रममा संबाेधन गर्दे अतिथिहरुले गाउँ घरमा रहेको सहकारीले गरिव र अार्थिकस्थिति न्यून भएको घरपरिवारलाई सस्तो व्याजदरका ऋिण उपलब्ध गराएकाेमा धन्यवाद समेत दिएका छन। सहकारीका अध्यक्ष इन्जीनियर कमलेश्वर ठाकुरकाे सभापतित्वमा कार्यक्रम सम्पन भएको थियोे।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...