News Portal

मिनी पानीजहाजकाे सफल परीक्षण

हिमाली संचार संवाददाता
६७२ पटक

 

चितवन: चितवनमा बनिरहेको मिनी पानीजहाज नारायणी नदीमा सफल परीक्षण गरिएको छ। नारायणी नदी किनारमा पर्ने काभ्रेघाटमा बनिरहेको मिनी पानीजहाज नदीमा चलाएर परीक्षण गरिएको हाे । 

भरतपुर महानगरपालिका ज्ञानेश्वर सामुदायिक वनको काप्रेघाटमा लामो समय देखि बन्दै गरेको ‘मिनी पानीजहाज आइतबार दिउँसो परीक्षण सफल भएको बताइएको छ ।

मिनी पानीजहाज बनाइएको ठाउँबाट करिब एक किलोमिटरसम्म जहाज चलाएर परीक्षण गरिएको हो । एक सय फिट लम्बाइ र २५ फिट चौडाइ रहेको मिनी पानीजहाजको निर्माण गत वर्ष थालिएको थियो । निर्माण सम्पन्न हुदा यसको कुल लागत १५ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

नर्वेजियन प्रविधि प्रयोग गरेर बनिरहेकाे मिनी जहाजमा भारतीय प्राविधिकहरुले काम गरिरहेका छन् । मिनी पानीजहाजमा दुई वटा इञ्जिन हुने छन् । जहाजको तल्लो भागमा कुनै कारणले प्वाल परेर वा क्षति पनि सबै भागमा पानी नजाने गरी सुरक्षित डिजाइन गरिएको छ ।

मिनी पानी जहाजमा अहिले विदेशी १५ जना चालक दलका सदस्य र प्राविधिक रहे पनि पछि नेपाली प्राविधिकहरुले नै यसलाई चलाउने योजना बनाइएको छ । पहिलो तलामा ९० र दोस्रो तलामा १०० जना मानिस अट्ने क्षमता रहने छ। 

प्रतिकृया दिनुहोस्

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...