News Portal

वीपी कोइरालाका जेठा छोराको बिबाहको ५०औँ वर्षगाँठमा देउवा र हिमानी सहभागी [फोटो फिचर]

हिमाली संचार संवाददाता
८७५ पटक

काठमाडौं – नेपाली कांग्रेसका नेता स्व.वीपी कोइरालाका जुष्ठ पुत्र प्रकाश कोइरालाले आफ्नो विवाहको ५०औँ वर्षगाँठ मनाएका छन्। काठमाडौंको एउटा होटेलमा बिहीबार राति भव्य रुपमा प्रकाश कोइरालाले आफ्नी धर्मपत्नी सुष्मा कोइरालासँग ५०औँ वर्षगाँठ मनाएका हुन्।

विवाह भएको ५०औँ वर्ष पूरा भएको अबसरमा परिवार र सीमित आफन्त र शुभेच्छुकहरूसँग खुसी साटिएको हो। प्रकाश कोइराला र सुष्मा कोइरालालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनीहरूलाई शुभकामना दिएका थिए।

प्रकाश कोइराला र सुष्मा कोइरालाको ५०औँ वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वयुवराज्ञी हिमानी शाह, महामन्त्री एवम् प्रकाश कोइरालाका कान्छा भाई डा.शशांक कोइराला, अर्का भाई डा.शेखर कोइराला, प्रकाश कोइरालाकी छोरी एवम् अभिनेत्री मनीषा कोइराला, नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरी, वरिष्ठ पत्रकार विजयकुमार पाण्डे, नेपाली कांग्रेसकी नेतृ मृदुला कोइराला, प्रकाश कोइरालाका पुत्र सिद्धार्थ कोइराला, अनुराधा काेइराला लगायतको सहभागिता रहेको थियो।

प्रकाश कोइराला स्व.वीपी कोइरालाका जेष्ठ पुत्र हुन्। उनी नेपाली कांग्रेसप्रति शुभेच्छा राख्छन् तर, नेपाली कांग्रेसको सक्रिय राजनीतिमा भने छैनन्।

थप तस्बिरहरु:

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...