News Portal

वीपी कोइरालाका जेठा छोराको बिबाहको ५०औँ वर्षगाँठमा देउवा र हिमानी सहभागी [फोटो फिचर]

हिमाली संचार संवाददाता
१००० पटक

काठमाडौं – नेपाली कांग्रेसका नेता स्व.वीपी कोइरालाका जुष्ठ पुत्र प्रकाश कोइरालाले आफ्नो विवाहको ५०औँ वर्षगाँठ मनाएका छन्। काठमाडौंको एउटा होटेलमा बिहीबार राति भव्य रुपमा प्रकाश कोइरालाले आफ्नी धर्मपत्नी सुष्मा कोइरालासँग ५०औँ वर्षगाँठ मनाएका हुन्।

विवाह भएको ५०औँ वर्ष पूरा भएको अबसरमा परिवार र सीमित आफन्त र शुभेच्छुकहरूसँग खुसी साटिएको हो। प्रकाश कोइराला र सुष्मा कोइरालालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनीहरूलाई शुभकामना दिएका थिए।

प्रकाश कोइराला र सुष्मा कोइरालाको ५०औँ वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वयुवराज्ञी हिमानी शाह, महामन्त्री एवम् प्रकाश कोइरालाका कान्छा भाई डा.शशांक कोइराला, अर्का भाई डा.शेखर कोइराला, प्रकाश कोइरालाकी छोरी एवम् अभिनेत्री मनीषा कोइराला, नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरी, वरिष्ठ पत्रकार विजयकुमार पाण्डे, नेपाली कांग्रेसकी नेतृ मृदुला कोइराला, प्रकाश कोइरालाका पुत्र सिद्धार्थ कोइराला, अनुराधा काेइराला लगायतको सहभागिता रहेको थियो।

प्रकाश कोइराला स्व.वीपी कोइरालाका जेष्ठ पुत्र हुन्। उनी नेपाली कांग्रेसप्रति शुभेच्छा राख्छन् तर, नेपाली कांग्रेसको सक्रिय राजनीतिमा भने छैनन्।

थप तस्बिरहरु:

प्रतिकृया दिनुहोस्

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...