काठमाडौं १६, २०७६ मंसिर : तेह्रौं सागको पहिलो दिन नेपालले अंक तालिकामा अग्रता लिएको छ। १५ स्वर्ण सहित नेपालले कुल २४ पदक हात पारेको छ। जसमा २ रजत र ६ कास्य रहेका छन्। दोश्रो स्थानमा भने भारत छ। भारतले ३ स्वर्ण जितेको छ। उसले ८ रजत र ३ कास्य सहित १४ पदक जितेको छ।
तेश्रो स्थानमा श्रीलंका रहेको छ। उसले पनि भारतसँगै समान ३ स्वर्ण जितेको छ। श्रीलंकाले ७ रजत र १४ कास्य सहित २४ पदक जितेको छ। पाकिस्तान र बंगलादेशले २-२ स्वर्ण जितेका छन्।
पाकिस्तानले ४ रजत र ७ कास्य जितेको छ। त्यस्तै बंगलादेशले १६ कास्य हात पारेको छ। उसको अंक तालिकामा कुनै रजत पदक छैन। भुटान र माल्दिभ्सले कुनैपनि स्वर्ण जित्न सकेका छैनन्।
भुटानले एउटा कास्य पदक जितेको छ। तर पहिलो दिनको खेल सकिदाँ माल्दिभ्स अंक विहिन छ।
हेर्नुहोस् अंक तालिका: