News Portal

  • देउवाले दोहर्‍याए: भारतले जारी गरेको नयाँ नक्सामा प्रधानमन्त्री ओलीको सहमति छ !

    हिमाली संचार संवाददाता
    ४९७ पटक

    मोरङ १०, २०७६ मंसिर : कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संवैधानिक परिषदलाई शाही आयोग जस्तो बनाउने खोजेको आरोप लगाएका छन्।

    सरकारले ल्याउन लागेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश कांग्रेसलाई मान्य हुँदैन, विराटनगरमा मंगलबार पत्रकारसँगको कुराकानीमा देउवाले भने, सरकारले सवैधानिक परिषदलाई शाही आयोग जस्तो स्वेच्छाचारी बनाउन लागेकोले हामीलाई मान्य छैन।

    २०४८ सालदेखि चलिआएको संवैधानिक परिषदसम्बन्धी ऐन अहिले किन बदल्नु पर्‍यो ? त्यो हामीलाई मान्य हुँदैन। परिषद्को बहुमतबाट संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्न सकिने गरी अध्यादेश ल्याउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।

    मन्त्रिपरिषद्ले पारित गरी पठाएको अध्यादेश राष्ट्रपति कार्यालयमा विचाराधीन छ। परिषद्सम्बन्धी ऐनमा संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति गर्दा सहमतीय आधारमा मात्रै निर्णय गर्नुपर्ने व्यवस्था छ। सभापति देउवाले भारतले नेपाल र पाकिस्तानलाई बराबरै हेर्दासमेत सरकारले केही गर्न नसकेको टिपपणी गरे।

    ‘काश्मीरको सबै भू-भागसँगै नेपालको पनि भू-भाग समेटर भारत सरकारले नक्सा जारी गरेकोबाट भारत सरकारले नेपाल र पाकिस्तानलाई बराबरै हेरेको बुझिन्छ,’ उनले भने, ‘भारतले पनि कालापानी र सुस्तालाई विवादित भूमि मान्दै आएको अवस्थामा कसरी त्यो पनि भू-भाग समेटेर नक्सा जारी गर्‍यो त्यसैले यसमा प्रधानमन्त्री केपी ओलीको पनि भूमिका प्रष्ट हुन्छ।

    नेपाललाई पाकिस्तान जस्तै बराबरै भारतले हेरेकोले सरकारलाई तत्काल अघि बढ्न छलफलका क्रममा आफूले भनेको तर हालसम्म केही गर्न नसकेको देउवाले बताए।

    वालुवाटारमा भएको छलफलमा भारतले नेपाल र पाकिस्तानलाई बराबरै हेरेकाले सरकारलाई तत्काल नक्सा सच्याउन अघि बढ्न र आफूहरु साथमा भएको भनेका थियौं,’ उनले भने, तर अहिलेसम्म सरकार खोई अगाडि बढ्न सक्यो? त्यसैले भारतले जारी गरेको नयाँ नक्सामा प्रधानमन्त्री ओलीको पनि सहमति रहेको प्रष्ट भएको उनले दोहोर्‍याए। कान्तिपुरबाट

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ठूलो मान्छे हैन, असल‌ मान्छे बन्नु !

    कमला थापा / २०८२ असोज ३० गते। उक्त भनाइ राजनेता विपी कोइरालाको हो। विपी कार्यकर्ताहरुलाई...

    एमालेको आरोप– सरकारले चुनाव गराउने बाटो छोडेको

    काठमाडौँ, असोज ३० – नेकपा एमालेले वर्तमान सरकार चुनाव गराउने दिशामा काम नगरेको दाबी गरेको...

    महँगो अस्पताल, सस्तो नर्स: नर्स–अस्पताल विवाद गहिरिँदै

    पोखरा, असोज ३० –  गण्डकी प्रदेशका दुई प्रमुख शिक्षण अस्पताल, मणिपाल र गण्डकी मेडिकल, का...

    अदालतको सेवा एक दिन पनि रोक्न नहुने प्रधानमन्त्री कार्कीको निर्देशन

    काठमाडौं, असोज ३० – काठमाडौँ जिल्ला अदालतको भवन क्षतिग्रस्त भएपछि वैकल्पिक स्थानको खोजी भइरहेका बेला...

    विपिन जोशीको शव ल्याउने तयारी अन्तिम चरणमा, आमा र बहिनी काठमाडौं फर्किए

    काठमाडौं, असोज ३० – इजरायलमा मारिएका नेपाली युवा विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया अन्तिम...