News Portal

  • छम छम पाउजुको तालमा फेरी आइन् गायिका आशा लामा (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ९२६ पटक

    राजु बोहरा–काठमाडौँ । खोटांग जिल्लामा जन्मिएकी गायिका आशा लामा बिगत २०५७ साल देखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल छिन् । उनको हिलेबाट भोजपुर जाने दाई लगाएतका धेरै गीतहरु अशंख्य संगीत पारखीहरु माझ अहिले पनि डिजिटल बजारमा रहेका छन् । आशा केहि समय अगाडी सम्म सांगीतिक क्षेत्रमा शसक्त रुपमा रहे पनि केहि बर्ष बिभिद कारणले पछाडी रहेकी थिइन् । तर यसरी पछी बस्दा आफ्ना अशंख्य संगीत पारखी श्रोता एवम् दर्शकहरुले दिनुभएको मायाले आफु छटपटीमा रहेको र आफुलाई लागेको संगीतको नशाले फेरी यसै क्षेत्रमा फर्किएको उनि बताउछिन् ।

    केहि बर्षको अन्तराल पछी पुनः सांगीतिक क्षेत्रमा होमिएकी गायिका आशा अब भने यस क्षत्रबाट टाढा नहुने बिस्वाश ब्यक्त गर्छिन् । उनको पछिल्लो समयमा नेपाली नारीहरुको महान चाड हरिलातिका तिज २०७५ साललाई लक्षित गर्दै “छम छम” बोलको गीतको साथमा पुनः आगमन भएको हो । यस गीतमा आशा स्वयम् को एकल स्वर रहेको छ भने लय सप्रेमको र शब्द देव दत्त भट्टको रहेको छ । गीतको मिठासता जस्तै यस गीतको म्युजिक भिडियो पनि निकै उत्कृष्ट बनेको छ । भिडियोमा आशा, दामोदर, आंचल र डी.जे नानिको आकर्षक अभिनय देख्न सकिन्छ । यस भिडियोलाई निर्देशन बिजय राज ले गरेका हुन् भने छायांकन ज्ञान कुमार कटेल र सन्तोष पोख्रेल त्यसैगरी सम्पादन निर्देशक स्वयम् बिजय राजले गरेका छन् । हामी गायिका आशा लामा लाई निरन्तर सांगीतिक यात्राको शुभकामना ब्यत गर्दछौं ।

    भिडियो हेर्न तल क्लिक गर्नु होला ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज ४ गतेको राशिफल

    आज असोज ४, २०८२ (सेप्टेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युक्रेनमा फँसेका दुई नेपाली नागरिक उद्धार

    काठमाडौं, असोज ३ – वैदेशिक रोजगारीको क्रममा भारत हुँदै युक्रेन पुगेका दुई नेपाली नागरिक सुरक्षित...

    राष्ट्रपति पौडेलः प्रतिनिधिसभा विघटन अपरिहार्य निर्णय

    काठमाडौं, असोज ३ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएको कारण...

    महेश बस्नेतले गरे सुधन गुरुङ एमालेमा आउन सक्ने दाबी

    काठमाडौं, असोज ३ – नेकपा एमालेले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम आयोजना गरेको...

    देउवाको स्वास्थ्यमा सुधार, टाउकोमा १२ टाँका

    काठमाडौं, असोज ३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोमा गम्भीर चोट लागेको छ। उपचारको...