News Portal

अनशनरत् डा. केसीको स्वास्थ्यमा समस्या

हिमाली संचार संवाददाता
४७८ पटक

डडेल्धुरा २२, २०७६ कार्तिक : अनशनरत् डा.गोविन्द केसीको स्वास्थ्यमा समस्या आउन थालेको छ।

केसीको उपचारमा संलग्न डा. जितेन्द्र कंडेलका अनुसार उनको रक्तचापमा उत्तराचढाव देखिएको छ। साथै उनको पिसाबमा पनि संक्रमण देखिएको उनले बताए।

गत सोमबारदेखि डडेल्धुराको अस्पताल रोडस्थित निलकण्ठ भट्टको घरमा केसीले १७ औं अनशन थालेका हुन्। डडेल्धुराको सरकारी अस्पतालमा अनशन बस्न नमानेपछि आफ्नो घरको तेस्रो तलामा अनशनका लागि दिएको घरधनी भट्टले बताए।

डडेल्धुराको सरकारी अस्पतालका स्वास्थकर्मीसमेत रहेका भट्टले केसीका माग जनतामुखी भएकाले सरकार संवेदनशील बन्नुपर्ने तर्क राखे। उनले भने, ‘डा. केसी सरकारी अस्पतालमा बस्न मान्नु भएन।

जनताले राम्रो सेवा, सुविधा पाउनु पर्छ भन्दै काठमाडौंबाट आउनु भएकाले स्वास्थ्यलाई ध्यानमा दिँदै मेरो घर अस्पताल नजिकै भएकाले यही व्यवस्था गरिएको हो।

डा. केसीको अनशनमा स्थानीयवासीको समर्थन रहेको भट्टले बताए। उनको सर्मथनमा स्थानीय नागरिक समाजको अगुवाईमा डडेल्धुराको बागबजारदेखि अनशनस्थलसम्म जुलुस निकालिएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ३ गतेको राशिफल

आज पुष ३, २०८२ (डिसेम्बर १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...