News Portal

मोरङको धनपालथान २ मा उपनिर्वाचनको तीब्र तयारी

हिमाली संचार संवाददाता
५८८ पटक

रबिन्द्र बराल/मोरङ,
कार्तिक २१, २०७६ बिहीबार : मोरङको धनपालनथान गाउँपालिका–२ मा उप–निर्वाचन हुने भएको छ। आगामी निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना समेत गरिएको छ।

मोरङका जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीलाई मुख्य निर्वाचन अधिकृत समेत तोकिएकाे छ। कार्यलय बुधबार मात्रै स्थापना गरिएको हो।

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले मुख्य निर्वाचन अधिकृतको कार्यालयको सुरक्षार्थ प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली परिचालन गर्दै सुरक्षा लागि आवश्यक व्यवस्था समेत मिलाइएको प्रहरीले जनाएको छ।

२०७५ जेठ २४ गते सर्पले टोकेर वडाध्यक्ष बलिराम भगतको मृत्यु भएकाे थियो। वडाध्यक्षकाे मृत्युु भएपछि १७ महिना देखि उक्त पद भने अब पर्ति हुनेे भएको छ।

आगामी मंसिर १४ गते उप–निर्वाचन हुने भएपछि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हाे। निर्वाचनका लागि गर्नुपर्ने सबै कामहरु सुचारु गरिएको निर्वाचन अधिकारी राजेन्द्र अधिकारीले बताए।

प्रहरीका अनुसार जनता उच्च माध्यमिक विद्यालय र वडाकार्यलय गरि दुईवटा मतदान स्थल रहेको र उक्त वडामा पाँचवटा मतदान केन्द्र रहेको, ४ हजार ७४ मतदाता समेेत रहेकाेे र निर्वाचनका लागि शान्ति सुरक्षाकाे राम्रो व्यवस्था मिलाएकाे प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...