News Portal

मोरङको धनपालथान २ मा उपनिर्वाचनको तीब्र तयारी

हिमाली संचार संवाददाता
६३३ पटक

रबिन्द्र बराल/मोरङ,
कार्तिक २१, २०७६ बिहीबार : मोरङको धनपालनथान गाउँपालिका–२ मा उप–निर्वाचन हुने भएको छ। आगामी निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना समेत गरिएको छ।

मोरङका जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीलाई मुख्य निर्वाचन अधिकृत समेत तोकिएकाे छ। कार्यलय बुधबार मात्रै स्थापना गरिएको हो।

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले मुख्य निर्वाचन अधिकृतको कार्यालयको सुरक्षार्थ प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली परिचालन गर्दै सुरक्षा लागि आवश्यक व्यवस्था समेत मिलाइएको प्रहरीले जनाएको छ।

२०७५ जेठ २४ गते सर्पले टोकेर वडाध्यक्ष बलिराम भगतको मृत्यु भएकाे थियो। वडाध्यक्षकाे मृत्युु भएपछि १७ महिना देखि उक्त पद भने अब पर्ति हुनेे भएको छ।

आगामी मंसिर १४ गते उप–निर्वाचन हुने भएपछि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हाे। निर्वाचनका लागि गर्नुपर्ने सबै कामहरु सुचारु गरिएको निर्वाचन अधिकारी राजेन्द्र अधिकारीले बताए।

प्रहरीका अनुसार जनता उच्च माध्यमिक विद्यालय र वडाकार्यलय गरि दुईवटा मतदान स्थल रहेको र उक्त वडामा पाँचवटा मतदान केन्द्र रहेको, ४ हजार ७४ मतदाता समेेत रहेकाेे र निर्वाचनका लागि शान्ति सुरक्षाकाे राम्रो व्यवस्था मिलाएकाे प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...