News Portal

छत्र सुब्बा अन्तर्राष्ट्रिय झापाली समाज’को अध्यक्षमा निर्वाचित

हिमाली संचार संवाददाता
६८१ पटक

झापा : झापालीहरुको संस्था अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा छत्र सुब्बा निर्वाचित भएका छन्। झापाको विर्तामोडमा सम्पन्न दोस्रो अधिवेशनको वन्दसत्रबाट आगामी दुई वर्षे कार्यकालका लागि सुब्बाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

सर्वसम्मत निर्वाचित समितिको संरक्षकद्धयमा भवानी ओली र दिनेश पोख्रेल, वरिष्ठ उपाध्यक्षमा दिपक खनाल, उपाध्यक्ष क्षेत्रीय संयोजक एशिया प्यासिफिक कृष्ण चापागाई, ओसियाना दिपक चुडाँल, यूरोप ललित न्यौपाने, अमेरिका मुकुन्द ढुंगाना चुनिएका छन्।

यस्तै, सहसंयोजकहरुमा क्रमशः मध्यपूर्वबाट राजन कार्की, अमेरिका बादल भुजेल चुनिए। यसैगरि महासचिवमा खेमराज जमरकट्टेल र सदस्यहरुमा तिर्थराज कार्की, रिता थलङ र दुर्गा प्याकुरेल निर्वाचित भएको जनाईएको छ।

नयाँ नेतृत्व चयन गर्न प्रमोद सिटौलाको संयोजकत्वमा रुपराज मैनाली र राजु थापा रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो।

‘सम्वृद्धि झापाका लागि अन्तर्राष्ट्रिय झापाली समाज’ भन्ने नाराका साथ भएको अधिबेशनको प्रदेश १ का आन्न्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका थिए।

उद्घाटनका अवसर समाजले झापाको कमल गाउँपालिकामा रहेको बाढीपीडित मिस्त्री बस्तीका ९ परिवारलाई घर, कचनकवल गाउँपालिका र सामुदायिक प्रहरी सेवा केन्द्र बिर्तामोडलाई एक, एक वटा एम्बुलेन्स दिनुका साथै झापा गाउँपालिकास्थित भृकुटी आधारभूत विद्यालयमा भवन निर्माण गरि चाँवी हस्तान्तरण गरिएको थियो ।

आगामी वर्ष जिल्लाका विभिन्न क्षेत्रमा रु १ अर्व रुपैयाको सामाजिक काम गर्ने योजना समेत रहेको संरक्षक दिनेश पोख्रेलले वताए ।

अधिबेशनमा समाजमा आवद्ध दुई सय बढी प्रतिनिधि,पर्यवेक्षकको सहभागिता रहेको थियो । समाजले हालसम्म विश्वका ३४ देशमा आफना सञ्जाल विस्तार गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्

दृश्य धेरै छन्, साथ थोरै छ : प्रेम र सम्बन्ध

आजको युग प्रविधि, गति र परिवर्तनको युग हो। यही परिवर्तनसँगै प्रेम र सम्बन्धको अर्थ पनि...

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...