News Portal

उपमेयरले दसैंको टीका लगाएर यसरी पितालाई खुट्टा ढोक्न लगाएपछि..

हिमाली संचार संवाददाता
८३९ पटक

२३ असोज २०७६ बाँके :  नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा मगर चर्चामा आएकी छन्। चर्चा मात्र हैन विवादमै तानिएकी छन्।

उपमेयर उमाले दसैंको टीका लगाएर आफ्नाे पिताजीले अस्वभाविक तरिकाले खुट्टा ढोकेको फोटो आफ्नाे फेसबुकमा राखेेका थिइन्।

अहिले फेसबुक प्रयोगकर्ताहरुले उक्त फोटोमा कमेन्ट र सेयर गरिरहेका छन्। कतिपयले अति भो, अचम्म भन्दै कमेन्ट गरिरहेका छन्।

आफ्नाे फोटो विवादमा आएपछि उनले उक्त फोटो भने एकाउन्टबाट हटाएकी छन्। अन्य फोटो जस्ताको तस्तै छन्।

हुन त मगर समुदायमा दसैंमा टीका लगाएर छोरीचेलीलाई ठूलाले नै ढोक्ने चलन रहेको छ। अन्य आदिवासी जनजातिमा पनि छोरीचेलीलाई ढोक्ने चलन छ।

आफ्नो परम्परा र चलनअनुसार ठूलाबडालाई ढोक्न लाउनु स्वभाविक हो तर उपमेयर जस्तो गरिमामय पदमा बसेको व्यक्तिले आफ्नाे पदीय हैसियत नै भुलेर सामाजिक उश्रृंखलता र विकृति विसंगति मच्चाउने खालको काम गर्न सुहाउँदैन।


नेतृत्व अनुकरणीय हुनुपर्ने हो, तर यस्तो नेतृत्वको चालचलन र व्यवहारलाई कसरी अनुकरण गर्न सकिन्छ ? नेपालगञ्ज उपमहानगरका जनताले कस्ता व्यक्तिलाई जनप्रतिनिधि बनाएछन् ?

हामीले कस्ता व्यक्तिलाई आफ्नाे प्रतिनिधि चुन्दैछौ भन्नेबारे बारम्बार सोंच्नुपर्ने भएको छ, सोचिरहनुपर्नेछ। तेमालखबरबाट।

प्रतिकृया दिनुहोस्

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...