News Portal

बिरामी कुन्छाङको आश्रय बन्यो गोठ !

नरजन तामाङ
६२४ पटक
२२ असोज २०७६ हुम्ला

नाम्खा गाउँपालिका २ की २५ वर्षीया कुन्छाङ लामालाई उनकै परिवारले ७ महिनादेखि गोठमा राखेका छन्।

बिरामी परेर ओच्छ्यानमै दिसा पिसाब हुन थालेपछि अभिभावकले नै उनलाई गोठमा राख्न थालेका हुन्। उनलाई गोठमा रातभरी थुनेर राख्ने गरिएको छ।

कुन्छाङका बुबा नर्वु लामाले ओच्छ्यानमै दिसा पिसाव हुन थालेपछि गोठमा राखेको बताए। गोठमा उनलाई राखेर रातभरी ताला लगाउने गरिएको छ। उनका घरपरिवारले आफु खाना खाएर कुन्छाङ्ग लामालाई अन्तिममा खाना गोठमै पु¥याउने गरेका छन्।

चैत महिनादेखि चिसो जमिन भएको गोठ र एउटा कम्बलको भरमा कुन्छाङले रात बिताइरहेकी छिन्। कुन्छाङकी आमा लैकु लामा विरामी परेर उपचारका लागि गएका स्वास्थ्यकर्मीले भेटेर उनलाई नुहाइदिएका छन्।

जुम्रा परेर शरिर फोहर भएकी लामालार्ई नाम्खा गाउँपालिका २ स्थित केर्मी आधारभुत स्वास्थ्य एकाईमा कार्यरत अनमि सन्जु रावल, र सुहाना हमालले सरसफाई गरिदिएका हुन्। लामालाई गाउँकै धारोमा लगेर नुहाइदिएको रावलले बताइन।

लामाको पीडा थाहा पाएर पुगेका उनीहरुले गोठबाट निकालेर नुहाइदिएका हुन्। अनमी रावलले लामाको अवस्था सारै दयानिय भएको बताइन्।

‘हामीले उनका बुबाआमालाई उपचारका लागि हुम्ला अस्पतालमा ल्याउन भनेका छौं,’ उनले भनिन, ‘उपचार गर्दा ठिक हुन सक्छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...