News Portal

टर्कीको अर्थतन्त्रलाई सखाप पारिदिने अमेरिकी राष्ट्रपतिकाे चेतावनी

हिमाली संचार संवाददाता
६७० पटक

८ अक्टोबर २०१९ एजेन्सी : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टर्कीको अर्थतन्त्रलाई सखाप पारिदिने चेतावनी दिएका छन्। ट्रम्पले उत्तर–पूर्वी सिरियाबाट अमेरिकी फौजलाई फिर्ता लैजाने निर्णयबाट टर्कीले फाइदा उठाउन खोजे त्यसविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका हुन्।

टर्कीले सीमा पार सिरियाली भूभागमा रहँदै आएको कुर्द फौजमाथि हमला गर्ने योजना गरिरहेको छ। अंकाराका यो पहिलेदेखिकै चाहाना हो। ट्रम्पले अङ्काराले ज्यादती गरे उसको अर्थतन्त्र सखाप पारिदिने चेतावनी दिएका छन्।

उनले धेरैलाई आश्चर्यमा पारेको निर्णयको बचाउ गर्दै अमेरिकी फौजलाई घर फिर्ता ल्याउन खोजेको बताएका छन्। सरकारको सो निर्णयका विपक्षी डेमोक्र्याटिक पार्टी मात्रै नभएर सत्तारुढ दल रिपब्लिकन पार्टीभित्रैबाट समेत चर्को विरोध भएको छ।

सिरियामा इस्लामिक स्टेट आइएसलाई पराजित गर्ने लडाइँमा कुर्दिश फौज अमेरिकी नेतृत्वको गठबन्धनको एक मुख्य सहयोगी थियो। सिरियामा अमेरिकाका करिब १ हजार फौज छन्।

विदेश मन्त्रालयका वरिष्ठ अधिकारीका अनुसार सीमा क्षेत्रबाट दुई दर्जन फिर्ता लगिसकिएको छ। अमेरिकी सेना फिर्ता लगिने निर्णयलाई प्रमुख कुर्द समूहले ’पीठमा छुरा’ हानिएकोसँग तुलना गरेको छ।

यसबीच अमेरिकी फौज फिर्ता भएको ठाउँहरूमा कुर्दिश फौजले आफ्ना लडाकू तैनाथ गर्न थालेको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...