News Portal

पीडित महिलाले दिइन् महराविरुद्ध बानेश्वर प्रहरीमा उजुरी

हिमाली संचार संवाददाता
७५५ पटक

१८ असोज, २०७६ काठमाडौं : यौन दुर्व्यवहार गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महराविरुद्ध जाहेरी परेको छ। जबरजस्तीकरणीको प्रयास गरेको अभियोगमा पीडित महिलाले महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरमा जोहरी दिएकी हुन्।

यसअघि १३ असोजमा ती महिलाले आफूमाथि हिंसा भएको दाबी गर्दै विभिन्न सञ्चारमाध्यममा बयान दिएकी थिइन्। आइतबार राति पानै ९ बजे सुविधानगरमा भएको भनिएको घटनापछि प्रहरी समेत उनको घरमा पुगेको थियो।

महराको राजीनामा आएसँगै उनले बयान फेरेकी थिइन्। श्रीमानसँग छलफलपछि मात्र के गर्ने निष्कर्षमा पुग्ने बताएकी उनले स्वास्थ्य परीक्षण गर्न पनि मानेकी थिइनन्।

पछिल्लो समय ‘आफू डिप्रेसनको शिकार भएको र के बोलेँ थाहा नभएको’ भन्दै निवेदन समेत दिएकी थिइन्। यद्यपि, चर्को दबाबपछि प्रहरीले घटनास्थलबाट रक्सीका बोतल, फुटेका चस्मा लगायतका सामग्री बरामद गरेको थियो।

जोहरी परेसँगै प्रहरीले अनुसन्धानमा पुनः तादरुकता देखाएको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले अनलाइनखबरसँग भने, ‘हामीले अहिले विस्तृत अनुसन्धान गरिरहेका छौं। अब महरालाई प्रहरीले पक्राउ गर्ने सम्भावना समेत छ।

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...