News Portal

नि:शुल्क प्राथमिक उपचार तालिम अभियानको चौथो चरण सम्पन्न !

सुदुर पश्चिमका १२ जिल्लामा नि:शुल्क प्राथमिक उपचार तालिम !

हिमाली संचार संवाददाता
८३६ पटक

असोज १८ अछाम : रास्ट्रको लागि नि:शुल्क प्राथमिक उपचार तालिम अभियान नेपालका ३८ जिल्लामा सम्पन्न भएको दाबी सामाजिक अभियन्ता ओम उप्रेतीले गरेका छन्।

चौथो चरणको तालिम सुदुर पश्चिमका १२ जिल्लाहरुमा सम्पन्न गरेसँगै यो अभियान आधा नेपालमा पुर्‍याउन सकेको अब बाकी जिल्लाहरुमा आगामी दिनहरुमा निरन्तरता दिइने मुख्य प्रशिक्षक समेत रहेका युएईमा व्यावसाय गरिरहेका चितवनका उप्रेती बताएका छन्।

आफ्नो काम र ब्यावसाय छाडेर विकट पहाडी जिल्लाहरुमा स्वास्थ्य चेतना बाँडेर आखिर के पाउलान् ओम उप्रेतीले ? धेरैले सोध्ने यो प्रस्नको जवाफमा अभियन्ता उप्रेतीले भने- म आफुले बिदेशमा सिकेको कुरा स्वदेशमा सिकाउन पाउँदा आत्मसन्तुष्टि पाउछु।

सुदुर पश्चिमका विकट जिल्लाहरुमा तालिम कार्यक्रमको संयोजन हेमन्त पौडेलले गरेका थिए भने सरु दुलालले व्यवस्थापनमा सहयोग गरेकी थिइन्।

सुदुर पश्चिमका १२ जिल्लामा नि:शुल्क प्राथमिक उपचार तालिम !

गत असोज ५ देखि १७ सम्ममा सुदुर पश्चिमका १२ जिल्लामा भइरहेको तालिम अभियान असोज १७ मा दाङमा समापन भएको छ। मानव जीवनमा अति उपयोगी सिद्ध यो तालिम युएईमा कार्यरत व्यावसायी चितवनका ओमप्रसाद उप्रेतीले नेपालका सबै जिल्लाहरुमा नि:शुल्क आयोजना गर्दै आएका छन्।

हालसम्म तीन चरण गरेर ३८ जिल्लामा यो तालिम सम्पन्न गरिसकेका डिस्कभरी रोयल स्पोर्ट्स एलएलसीका प्रवन्ध निर्देशक समेत रहेका यो अभियानका परिकल्पनाकार तथा मुख्य प्रशिक्षक उप्रेतीले बताएका छन् ।

गत असोज ५ गते आइतबार दार्चुला जिल्लाको नौगाड गाउँपालिकाको कार्यलयमा तालिम कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको अभियान सहयोगी दामोदर सिंहले बताएका छन्।

दोश्रो दिन असोज ६ गते, सोमबारमा बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसमा सोही तालिम आयोजना गरिएको र उक्त तालिममा जिल्ला प्रहरी कार्यालय बैतडीका इन्चार्ज डिएसपी डिल्लीनारायण पाण्डेको सहकार्यमा रहेको अभियन्ता उप्रेतीले बताएका छन्।

अभियानको तेस्रो दिन असोज ७ गते, मंगलबार बझाङ जिल्लाको शिक्षोदय मावि, बाघथलामा नि:शुल्क प्राथमिक उपचार तालिम आयोजना भएको थियो।

चौथो चरणको चौथो दिन असोज ८ गते, बुधबार डडेल्धुरा जिल्लाको पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गाउँ गन्यापुरमा रहेको सरस्वती माविमा सोही तालिम आयोजना गर्ने योजना गरिएको अभियान सहकर्मी तथा संयोजक हेमन्त पौडेलले जानकारी दिएका छन्।

अभियानको पाचौ दिन असोज ९ गते, बिहिवार डाेटीको पवित्र माविमा प्रधानाध्यापक टीना थापाको सहजीकरणमा तालिम सम्पन्न भएको थियो। यसैगरी, असोज १० गते, शुक्रबार अछाममा तालिम आयोजना गरिएको सम्पर्क ब्याक्ति भवानी जोशीले बताएका छन्।

अभियानको सातौ दिन असोज ११ गते, शनिबार बाजुरामा तालिम संचालन गरिएको सम्पर्क ब्याक्ति उमेश शाही, हिक्मत थापा र महेश कार्कीले जानकारी दिएका छन्।

यही तालिम असोज १३ गते, सोमबार कंचनपुर जिल्लामा भव्यताका साथमा सम्पन्न भएको सम्पर्क ब्याक्ति पदम बिस्ट र कर्ण चन्दले जनाएका छन्।

असोज १४ गते, मंगलबार कैलाली जिल्लाको सामुदायिक प्रहरी भवन, हसनपुर, पिपल चौतारा, धनगढीमा यो तालिम आयोजना भएको सम्पर्क ब्याक्ति धनीराम भण्डारी र चेतन थापाले जनाएका छन्।

असोज १५ गते, बुधबार बर्दियामा यो तालिम आयोजना गरिएको थियो भने असोज १६ गते, बिहिवार बाँके जिल्लाको स्वस्तिक होटल, न्युरोड, नेपालगन्जमा नि:शुल्क प्राथमिक उपचार तालिम भब्य रूपमा उत्साहजनक उपस्थितिका बीचमा आयोजना गरिएको सम्पर्क ब्याक्ति राहुल कौशलले जानकारी दिएका छन्।

चौथो चरणको समापन कार्यक्रम असोज १७ गते, शुक्रबार दाङ जिल्लामा भएको थियो। लमही उध्योग बाणिज्य संघको सभाहल आयोजना भएको सम्पर्क व्याक्ती शान्त गिरी र ताराप्रसाद खनालले बताएका छन्।

समापन कार्यक्रम भव्य रुपले आयोजना गरिएको र उल्लेख्य उपस्थिति रहेको दाङ-देउखुरी सेवा समाज युएईले समन्वय गरेको दाङ-देउखुरी सेवा समाज युएईका अध्यक्ष कमल गिरीले जानकारी दिएका छन्।

नि:शुल्क प्राथमिक उपचार तालिम अभियान-युएईले उक्त तालिममा १६ वटा रोगहरु वा विपत्तिमा केकसरी व्याक्तिलाई बचाएर अस्पतालसम्म पुर्‍याउने भन्ने बारेमा अत्याधुनिक तरिकाले व्यावहारिक तालिम दिइन्छ।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...