News Portal

प्राविधिक शिक्षा संचालनका लागि अमेरिकाबाट खेमराज ढकालले गरे १ लाख बढी सहयोग

हिमाली संचार संवाददाता
६२२ पटक

सुर्खेत – शिव मावि धुलियाविट वीरेन्द्रनगर ११ मा प्राविधिक शिक्षा संचालनका लागि अमेरिकामा बस्दै आउनु भएका विरेन्द्रनगर ११ का खेमराज ढकालले सहयोग गर्नुभएको छ । ढकालले १ लाख एक हजार १ सय ५ रुपैँया सहयोग गर्नुभएको हो ।

ढकालका बुबा श्रीप्रसाद ढकाल, आमाहरु डम्मरकुमारी ढकाल र प्रवित्रा ढकाल र धर्मपत्नी शान्ता ढकालले विद्यालयलाई चेक हस्तारन्तरण गुर्नभएको हो । विद्यालयले आगामी वर्षमा १८ महिने पशुविज्ञान विषयमा प्राविधिक शिक्षा संचालन गर्दैछ । विद्यालयले नमुना स्कु्ल बनाउने अभियानमा आफुले पनि साथ दिएको भन्दै ढकालले सहयोग गर्नूभएको हो ।

विद्यालयले प्राविधि शिक्षा संचालनका लागि आर्थिक संकलनको लागि अभियान संचालन गर्दै आएको विद्यालयका प्रध्यानाध्यापक पूर्णप्रसाद पौडेलले जानकारी दिनुभयो । यस्तै विद्यालयले स्र्माट स्कुल निर्माण गर्नका लागि सरसफाई सम्मेलन गरेको छ ।सम्मेलनमा वडाका जनप्रतिनिधिहरुले विद्यालयलाई स्र्माट स्कुल बनाउन प्रतिवद्धता जनाएका छन् ।

विद्यालयालाई स्र्माट स्कुल बनाउन वीरेन्द्रनगर नगरपालिकाकाले २ लाख २ हजार २ सय आर्थिक सहयोग गर्ने र सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुसालले १० हजार सहयोग गर्ने प्रतिवद्धता गर्नुभएको छ । साथै दान पेटिकामा २५ हजार ४ सय १५ संकलन भएको शिक्षक विष्णुप्रसाद तिवारीले जानकारी दिनुभयो । विद्यालयले महिनावारी स्वच्छता, स्वछ चर्पी प्रयोग, स्वस्थ खाना, वातावरणीय सरसफाई, साबु्न पानीले हात धुने र स्वच्छ पिउने पानी विषयमामा समुह बनाएर विद्यालयलाई स्र्माट स्कुल बनाउने अभियानमा लागे उहाँले बताउनुभयो ।

यस्तै विद्यालयले आर्थिक वर्ष २०७४÷०७५ को आर्थिक आयव्यय सार्वजनिक गरेको छ । विद्यालयले १ करोड ४० लाख २७ हजार ७ सय ४१ रुपैँया १९ पैसा बराबरको आयव्यय सार्वजनिक गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश परियारको अध्यक्षतामा र वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख जितबहादुर शाह र सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुसाल र एसएनभी वासका सल्लाहकार लेकबिक्रम शाहले समेत आफ्नो भनाई राख्नु भएको थियो।

प्रतिकृया दिनुहोस्

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...

माधे सङ्क्रान्तिका लागि चिउरा कुटाउनेको घुइँचो

रबिन्द्र बराल मोरङ– मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रका कुटानी–पिसानी मिलहरूमा यतिबेला चिउरा कुटाउने सर्वसाधारणको घुइँचो...