News Portal

  • मन्त्री योगेशलाई यात्रुहरुले र्‍याखर्‍याख्ती पारेपछि..[भिडियो सहित]

    हिमाली संचार संवाददाता
    ६५५ पटक

    बाँके २०७६, २८ भदौ : नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उड्नै लागेको बुद्ध एयरको जहाजमा यात्रुहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईविरूद्ध नाराबाजी गरेका छन्।

    मन्त्रीले आफ्नो व्यक्तिगत प्रायोजनका लागि उडान होल्ड गरेको र सोही कारण एक घण्टा ढिला भएको भन्दै यात्रुहरूले मन्त्रीविरूद्ध जहाजमै नाराबाजी गरेका हुन्।

    बुद्ध एयरको जहाज नेपालगञ्जबाट ६:२५ मा उड्ने तालिका थियो। यात्रुहरुूले मन्त्रीकै कारण डिले भएको आरोप लगाउँदै नाराबाजी गरेको भिडिओ सार्वजनिक भएको छ।

    उक्त भिडिओमा निकै आक्रोशित देखिएका यात्रुहरूले मन्त्रीसँग सवाल पनि गरेका छन्। तपाईप्रति हाम्रो विश्वास थियो। कहिले प्रधानमन्त्री आउँदा पनि हामिले नै दु;ख पाउने।

    आश गरिएका युवा मन्त्री आउँदा पनि हामिले नै सास्ती पाउने। यो कस्तो व्यवस्था हो?’ आक्रोशित यात्रुहरुले मन्त्रीसमक्ष बोलेका छन्। उक्त उडान मन्त्रीकै कारण डिले भएको वा अन्य केही कारणले डिले भएको हो? यसबारेमा विमानस्थल कार्यालय र बुद्ध एयरले कुनै पनि प्रतिक्रिया दिएका छैनन्।

    मन्त्री भट्टराई कन्चनपुरको टिकापुर गएका थिए। उनी त्यहाँबाट फर्किंदा केही समय ढिला भएको मन्त्रीको सचिवालयले स्वीकार गरेको छ तर आफूहरुकै कारण उडान ढिला नभएको सचिवालयले दाबी गरेको छ।

    ‘जहाज साढे ६ बजे नेपालगञ्ज ल्यान्ड भएको थियो। एयरलाइन्सका कर्मचारीहरुले हामीलाई त्यही सूचना दिएका थिए। मन्त्री ज्यूले हामीलाई जहाज छुटे होटलमै बसौला भनिरहनुभएको थियो। हामी विमानस्थल पुग्दा ६:५० भएको थियो। त्यसपछि जहाज उडेको हो’ मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईले सेतोपाटीसँग भने।

    मन्त्री भट्टाराईले फेसबुकमार्फत् आफ्ना विरुद्ध नियोजित रुपमा उत्रिने केही व्यक्तीका कारण यो सब भएको तर जहाज भने जम्मा १५ मिनेट ढिला भएको बताएका छन्।

    उक्त जहाजमा यात्रा गरिरहेका यात्रुहरुले पनि मन्त्रीका कारण एक घण्टा बढी ढिला भएको बताएका छन्। मन्त्रीका कारण उडान १ घण्टा ७ मिनेट ढिलाएको हो’ उक्त उडानमै रहेका यात्रु अविश अधिकारीले सेतोपाटीसँग भने। बाहिर सार्वजनिक भएको भिडिओ पनि आफैंले खिचेको उनले दाबी गरेका छन्।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १७ गतेको राशिफल

    आज कार्तिक १७, २०८२ (नोभेम्बर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ‘पहिला देश’ अभियान अन्तर्गत माइतीघरमा प्रदर्शन र प्रहरी हस्तक्षेप

    काठमाडौं, कार्तिक १६ – डा. निकोलस भुसालले आह्वान गरेको प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ...

    धादिङ: पशुपतिनाथ–शन्तानेश्वर मन्दिर ठोट्ने पानी निर्माणको सहयोगी दाताहरु

    गंङ्गा–जमुना, धादिङ– श्री पशुपतिनाथ तथा शन्तानेश्वर महादेव मन्दिर परिसरमा “ठोट्ने पानी” निर्माण कार्यका लागि विभिन्न...

    नेपाल खेलकुद महासंघ समाजवादीद्वारा वाम एकता निर्णयप्रति स्वागत

    काठमाडौं, — नेपाल खेलकुद महासंघ समाजवादीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को तेस्रो पूर्ण बैठकले गरेको...

    स्थानीयको माग पूरा गर्ने आश्वासनपछि बञ्चरेडाँडामा फोहोर फाल्न अनुमति

    काठमाडौं, कार्तिक १६ – नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडा फोहोर व्यवस्थापन स्थलमा स्थानीय बासिन्दाले...