News Portal

गोमा कोइराला र शम्भु नेपालको “आयो दशैं…” बजारमा [भिडियो सहित]

हिमाली संचार संवाददाता
९४० पटक

राजु बोहरा/काठमाडौँ।
२६ भदौ २०७६ : नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावली २०७६ लाई लक्षित गर्दै गोमा कोइराला र शम्भु नेपालको संयुक्त प्रस्तुति “आयो दशैँ गरिबलाई रुवाउन” बोलको गीत भर्खरै बजारमा आएको छ।

गीतमा बिहान खायो बेलुका के खाउँ र बेलुका खायो बिहान के खाउँ हुने अशंख्य नेपालीहरुको कथालाई समाबेस गरिएको छ। यस भित्र पनि हुँदा खानेहरुका लागि दशैं दशा बनेर आएको एक घत लाग्दो कथालाई छर्लंग पार्न गीतले महत्वपुर्ण भूमिका निर्वाह गरेको छ।

“आयो दशैं गरिबलाई रुवाउन” बोलको गीतमा सर्वप्रिय गायक घमेश दुलाल र गोमा कोइरालाको सुमधुर स्वर सुन्न सकिन्छ। गायक घमेशले यस अगिका गीतहरुबाट सामाजिक यथार्थता बोलेर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन्। उनको स्वरमा बजारमा आएको गीतहरु मध्य नारनथानमा गेट बोलको गीत नेपाली सांगीतिक क्षेत्रमा इतिहाँस बन्न सफल भैसकेको छ।

त्यसैगरी गायिका गोमा कोइरालाले पनि यस अगी थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य संगीता पारखिहरुको ध्यान एकात्रित पारिसकेकी छिन्। उनि बिशेष गरेर नेपाली लोक तथा दोहोरी गीतबाट मौलिकता कहिले नगुमोस् भन्ने चाहना राख्छिन्।

“आयो दशैं गरिबलाई रुवाउन” बोलको गीतलाई समाजको यथार्थ भोगाई र गरिब निमुखाहरुको पिंडालाई समेटेर प्रतिभावान सर्जक शम्भु नेपालले लय तथा शब्द सिर्जना गरेका छन्।

उनले पनि यस अगी धेरै गीतहरुमा आफ्नो लय तथा शब्द सिर्जना भरिसकेका छन्। सर्जक शम्भुले हामि सम्पूर्ण कलाकारहरुले नेपाली मौलिक कला संस्कृतिको जगेर्नाका निमित्त आफ्नो कलम चलाउन पर्ने धारणा राख्दछन्।

प्रस्तुत गीतको म्युजिक भिडियोलाई राज तामाङ्ग, प्रिती तामाङ्ग, रामशरण ढकाल, साजन बलामी, शितल राना मगर र आदित्य चापागाईंको जिबन्त अभिनयले पनि थप सुगन्ध प्रदान गरेको छ।

गीतको म्युजिक भिडियोलाई निर्देशन मनोज खड्काले गरेका हुन् भने छायांकन रबिन बजगाईं र सम्पादन प्रकाश एसकेले गरेका छन्। गीतको भिडियोको संगीतसरोबरको युटुब च्यानल मार्फत बजारमा आएको छ।

भिडियो हर्न यहाँ क्लिक गर्नु होला।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...