News Portal

नेवा गुठी कुवेत पुनर्गठन, अध्यक्षमा मास्के सर्वसम्मत

हिमाली संचार संवाददाता
७४६ पटक

कुवेत : नेवाः गुठी कुवेत पुनर्गठन भएको छ भने पुनर्गठित कार्यसमितिमा सुरज मास्के अध्यक्षमा सर्वसम्मत चयन भएका छन्।

गुठी कुवेतले गत शुक्रबार साँझ कुवेतको मिसिला बिचमा एक पिकनिक कार्यक्रमको अायोजना गरि माैजुदा पुरानो कार्यसमितिलाइ विघटन गरि मास्केको अध्यक्षमा सर्वसम्मतिबाट १७ सदस्सीय नयाँ कार्यसमिति गठन गरेको नेवाः गुठीको नवनिर्वाचित प्रथम उपाध्यक्ष राजन श्रेष्ठले जानकारी दिए।

नव गठित कार्यसमितिमा पुर्व अध्यक्ष शिब कुमार श्रेष्ठ संरक्षक रहेका छन् भने प्रथम उपाध्यक्षमा राजन श्रेष्ठ, द्वित्तीय उपाध्यक्षमा मंगल डंगोल, तृतीय उपाध्यक्षमा पदम कुमार श्रेष्ठ र महिला उपाध्यक्षमा बिमला श्रेष्ठ रहेकी छन।

त्यसैगरि महासचिवमा नबिन सन श्रेष्ठ, सचिवमा ध्रुब कुमार श्रेष्ठ, कोषाध्यक्षमा जुजुकाजी महर्जन तथा सह-कोषाध्यक्षमा पुर्ण प्रसाद श्रेष्ठ रहेका छन् ।

नवगठित कार्यसमितिमा खेलकुद विभाग र संस्कृति विभाग पनि गठन गरिएको छ जसमा खेलकुद विभाग प्रमुखमा हर्क श्रेष्ठ रहेका छन् भने उप प्रमुखमा दिल श्रेष्ठ रहेका छन्। त्यसैगरि संस्कृति विभाग प्रमुखमा उदाश श्रेष्ठ रहेका छन् भने उपप्रमुखमा मुकेश शाक्य रहेका छन् ।

कल्याण श्रेष्ठ, यादब श्रेष्ठ, राधेश्याम श्रेष्ठ र सानुकाजी महर्जन सल्लाहकार रहेको नयाँ कार्य समितिका सदस्यहरूमा राम कुमार श्रेष्ठ, मिरा श्रेष्ठ, रोशन श्रेष्ठ, ज्योती श्रेष्ठ, राजु श्रेष्ठ, इलाज श्रेष्ठ, बाल कुमार महर्जन र श्रीकुमार श्रेष्ठ रहेका छन् ।

गठन भए लगत्तै विभिन्न निर्णयहरू गर्दै संस्थालाइ बलियो बनाउनको लागि संस्थाको एउटा छुट्टै बचत कोष संचालन गर्ने तथा अागामी अक्टोबर २५ तारिख शुक्रबार काग तिहारको दिन कुवेतमा म्हः पुजा गर्ने जनाइएको छ ।

सन २०११ मा तत्कालिन अभियन्ताहरू नबराज श्रेष्ठ, हर्क श्रेष्ठ, तेज बहादुर श्रेष्ठ लगायत एक भइ जातीय भाषा, कला, संस्कृतिको संरक्षण, सम्बर्धन तथा जातीय हक, हित र उन्नतीको लागि प्रवासबाट पनि कृयाशिल रहनु पर्दछ भन्दै गठन भइ कृयाशिल रहेको नेवा गुठी कुवेतले विभिन्न सांस्कृतिक झाँकी, नेवारी भोज तथा खेलकुद प्रतियोगताहरू गराउँदै अाएको थियो।

केहि समय यता अलि सुस्ताएर ओझेलमा परे झैं भएको नेवाः गुठी कुवेतले अब भने गति लिने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...