News Portal

नुवाकोटमा नेकपाका नेताहरूले झोलुङ्गे पुल काटेर कवाडीलाई बेचे यसरी बाँडे पैसा

हिमाली संचार संवाददाता
५३१ पटक

नुवाकोट -नुवाकोटको विदुर नगरपालिकामा नेकपाको नाममा भैरहेको गैरकानुनी गतिबिधिको चाङ् बढ्दै गएको  छ। मेयरले नै अनेक मान्छे लगाएर रातमा बालुवा तस्करी गराउनेदेखि प्राकृतिक स्रोतको दोहनमा नेकपाका नेता कार्यकर्ताको उल्लेखनीय योगदान देखिएको छ । नेकपाले चुनाव जितेको विदुर नगरपालिकाका केही वडामा कांग्रेसले पनि चुनाव जितेको छ । तर दुबै दलको प्रतिस्पर्धा राम्रो काममा भन्दा पनि बद्मासीमा देखिएको छ ।

केही समयअघिमात्र एक जना कांग्रेस नेता समेत रहेका वडा नम्बर ३ का अधयक्षले मदिराको मातमा सर्वसाधरणको घरमा ढुंगामुढा गरेको सेलाउन नपाउँदै नेकपाका दुइ नेताले मिलेर झोलुङ्गे पुलनै काटेर बेचेको खुलासा भएको छ । विदुर नगरपालिका–५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीमाथि देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल कबाडीमा बिक्री गरेका हुन । उनीहरू दुबै नेकपाका नेता हुन ।

उक्त पुल बेचेको पैसाबाट चित्रकारले ३५ हजार र पुडासैनीले ३५ हजार भागवण्डा गरेका हुन । अझ पछिल्लो समय झोलुङ्गे पुलनै काटेर बेची वडा अध्यक्षहरूले पैसा भागवण्डा गरेको विषयले बजार तातिएको छ । झोलुङ्गे पुलनै काटेर बेच्दा पनि चुँ नगरेका विदुरका मेयर सञ्जु पण्डित अहिले भ्रम छर्न तल्लीन देखिएका छन । उनी उक्त पुल गल्छी-त्रिशुली सडक आयोजनाले काटेर फ्याँकेको र नगरपालिकाले व्यवस्थापनमात्र गरेको तर्क गर्न थालेका छन । दैनिकीसँग कुरा गर्दै मेयर पण्डितले विषय पुरानै भए पनि मिडियामा भर्खरैमात्र अाएको भन्दै सडक अायोजनाले काटेर फालेको पुल वडाले व्यवस्थापन गरेको दाबी गरे । उनले वडा अध्यक्षले नै पुल काटेको भए अाफूले पहिल्यै नै कारबाही गरिसक्ने बताए ।

जबकी सडक आयोजनाले उक्त पुलमाथि छड्के नजर समेत नलगाएको बताएको छ । सडक आयोजनाका प्रमुख नारायण भण्डारीले तत्कालीन प्रमुख सुवोधकुमार देवकोटालाई उधृत गर्दै आयोजनाले उक्त झोलुङ्गे पुलमा छड्के नजरसमेत नलगाएको बताउँछन । उनका अनुसार झोलुङ्गे पुलका सम्बन्धमा आयोजनाले कुनै पनि दख्खल दिएको छैन । मेयर पण्डितसहित वडा अध्यक्षहरू कानुनी कारबाहीको भागिदार हुने भएपछि नेकपाका नेताहरू बचउमा लागेका छन । यद्यपी यसमा निष्पक्ष छानविन गरी दोषीलाई कडा कारबाही गरिनु आवश्यक छ ।

प्रतिकृया दिनुहोस्

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...