News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • ग्रामीण सुधारमा अख्तियार लाग्यो, साधारणसभा अन्यौलमा..

    हिमाली संचार संवाददाता
    ७७० पटक

    विराटनगर, १९ भदौ : मोरङको कानेपोखरी–७ स्थित ग्रामीण सुधार सामूदायिक वन उपभोक्ता समूहका सम्पूर्ण कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यायल इटहरीले लगेको छ।

    सामूदायिक वनमा लाखौं रुपियाँ आर्थिक अनियमितता भएको गुनासो परेपछि अख्तियारले भदौ १५ गते आइतबार बनका आम्दानी र खर्च सम्बन्धी सम्पूर्ण कागजात लगेको हो।

    सव डिभिजन कार्यालय कानेपोखरीका प्रमुख तुलसीलाल यादवसँगै आएको अख्तियारको टोलीले समूहको कार्यालयबाट कागजात लगेको स्थानीय प्रत्यक्षदर्शीले बताएकाछन्।

    पदावधि सकिएको एक वर्ष बित्नै लाग्दा पनि हालको सञ्चालक समितिले चुनावी साधारणसभा गर्न सकेको छैन्। आर्थिक पारदर्शिता नभएको, सुशासनमा कमजोरी भएको भन्दै बेलाबेला आलोचित हुँदै आएको वर्तमान समितिले गत बैशाखमा डिभिजन वन कार्यालय मोरङसँग यही भदौ २५ गते सम्ममा साधारण सभा गर्ने प्रतिवद्धता गरेको थियो।

    २ वर्ष अघि बनले वैज्ञानिक वन र लडापडा सुखा खडा गरी झण्डै साडे ३३ हजार किवी लकडी बनबाट आपुर्ति गरेको थियो तर, बनबाट लकडी निकालेर घाटगद्दी गरे पनि सामूदायिक बनको आर्थिक पारदर्शितामा समस्या आएको भन्दै डिभिजन बन कार्यालय मोरङले बिक्री आदेश दिएको थिएन।

    स्थानीय उपभोक्ता र सामूदायिक वन महासंघ मोरङ र प्रदेश समितिले चर्को दवाव दिएपछि डिभिजन बन कार्यालय मोरङले ससर्त ११ हजार ४४४ दशमलव ६३ किवी लकडी बिक्री गर्ने आदेश दिएको थियो।

    ग्रामीण सुधार सामूदायिक बनलाई नजिकबाट हेरिरहेका एक जना उपभोक्ताले भने‘ डिभिजन बन कार्यालयसँग भदौ २५ गते भित्र साधारण सभा गर्ने, तोकिए भन्दा बढी लकडी बिक्री नगर्ने, बाँकी लकडी साधारण सभापछि निर्वाचित समितिले गर्ने औपचारिक सहमति भएको थियो तर, सञ्चालक समितिका पदाधिकारीहरूले सहमति भन्दा २ हजार किवी बढी लकडी बिक्री गरेको बुझिएको छ।

    समाचार स्रोतका अनुसार १३ हजार किवी लकडी बिक्री गरिसक्दा पनि बनलाई अझै ७० लाख रुपैयाँ ऋण छ। सामान्य काम देखि प्रशासनिक काममा समेत ठूलो धनराशी खर्च गर्दै आएको सामूदायिक बनले कानेपोखरीका होटललाई मात्र झण्डै ८ लाख रुपैयाँ तिर्न बाँकी छ।

    समाचार स्रोत भन्छ–यो रकम सबै भोज,पार्टी र मदिरापानको मात्रै हो। पछिल्लो समय सामूदायिक वनले २५ गते हुने साधारण सभाले सबै सम्मत नेतृत्व चयन गर्न सर्ब दलीय छलफल समेत डाकेको थियो तर, बैठक दुई पटक सम्म बसे पनि कुनै निर्णय नगरी सकिएको थियो।

    बनको नेतृत्व हत्याउन नेकपा र नेपाली काङ्ग्रेस आ–आफ्नो ढंगबाट लविङ गरिरहेका बेला अख्तियारले कागज पत्र लगेपछि साधारण सभा अन्यौलमा परेको छ।

    अख्तियारले कागजपत्र सव डिभिजन कार्यालयमै छोड्यो !

    यता अख्तियारले सामूदायिक बनबाट लगेका कागजात कानेपाखरीस्थित सव डिभिजन कार्यालयमै छोडेर गएको बुझिएको छ।

    समाचार स्रोत भन्छ–‘तँ रोए जस्तो गर म कुटे जस्तो गर्छु’भन्ने उखान चरितार्थ भएको छ।

    लाखौंको लकडी बिक्री गर्दा समेत सामूदायिक बनले सव डिभिजन कार्यालय कानेपोखरीको माग पुरा गर्न नसकेपछि कानेपोखरी कार्यलयको सेटिङ अख्तियार आएको जानकारहरू बताउँछन्।

    प्रतिकृया दिनुहोस्

    सरकारी वेबसाइट ठप्प, विद्युतीय अवरोधले सेवा प्रभावित

    काठमाडौं, वैशाख ५ – शुक्रबार बिहानैदेखि नेपाल सरकारका प्रमुख निकायहरूको वेबसाइटमा पहुँच अवरुद्ध भएको छ।...

    वाणगंगामा अवैध उत्खननबारे नेकपाको आवाज, नगरपालिकालाई चेतावनीसहितको ज्ञापनपत्र

    कपिलवस्तु, वैशाख ५ – वाणगंगा नगरपालिकामा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खननविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...

    दाङको चिसापानीमा भारतीय पर्यटक सवार बस दुर्घटना, २१ जना घाइते

    दाङ, वैशाख ५ – दाङको गढवा गाउँपालिका–५ स्थित चिसापानीमा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा...

    कथा वाचिका देवी प्रतिभा पोखरामा, १४ दिनसम्म चल्नेछ कोटिहोम कथा वाचन

    काठमाडौं, वैशाख ५ – प्रसिद्ध धार्मिक कथा वाचिका देवी प्रतिभा २५ सदस्यीय टोलीसहित पोखरा आइपुगेकी...

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यापक अनियमितता र भ्रष्टाचार, उपसमिति निष्कर्षमा कडा सिफारिस

    काठमाडौं, वैशाख ५ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रियामा सुरु देखिनै अनियमितता र भ्रष्टाचार भएको...