News Portal

नेपालमा उत्पादित बस्तुको बर्मामा प्रदर्शनी

हिमाली संचार संवाददाता
१०२८ पटक

काठमाडाैं, १७ भदाै : सार्क चेम्बर महिला उद्यमी परिषद्, नेपाल(एससिडब्लुइसी)सँग आबद्ध एक टोली नेपाली उत्पादनहरूको प्रवर्द्धन गर्ने उद्देश्यसहित बर्माको याङ्गनतर्फ प्रस्थान गरेको छ। बर्मास्थित नेपाली राजदूतावासको निमन्त्रणामा एस्सिडब्लुइसि नेपालकी उपाध्यक्ष सरोजनि शेरचनको नेतृत्वमा १६ जना महिला उद्यमी सम्मिलित टोली बर्माको याङ्गनको भ्रमणमा निस्किएको हो।

टोलीले याङ्गनको पाइन ओओलीन शहरस्थित नेपाली दूतावासमा आइतबारदेखि नेपाली उत्पादनहरूको प्रदर्शन सुरु गरेको हो। आइतबारदेखि मंगलबारसम्म चल्ने प्रदर्शनीमा नेपालका विभिन्न उत्पादनहरूको प्रवर्द्धनात्मक प्रदर्शनी हुनेछ।

प्रदर्शनीमा नेपाली हस्तकलाका सामाग्री, नेपाली महिलाहरूले प्रयोग गर्ने पोते, क्लिप, चुरा, कुशन कभर, दौरा सुरुवाल, साडी, चोली, मखमली चप्पल, विभिन्न प्रकारका हातले निर्माण गरेको हाते झोलाहरू, गाग्री, खड्कुलोजस्ता सामाग्रीहरू राखिएको छ।

यसप्रति त्यहाँका स्थानीयहरूको आकर्षण बढ्दो रहेको आयोजकले जनाएको छ। त्यसैगरी टोलीले बर्माका विभिन्न सहरहरूमा नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गरी यस मुलुकबाट नेपालमा पर्यटक भित्र्‍याउने योजना समेत बनाएको छ।

सार्क चेम्बर महिला उद्यमी परिषद् (एस्सिडब्लुइसी) नेपाल सार्क चेम्बर अफ् कमर्स एण्ड् इन्डस्ट्री मातहतको एक अङ्ग पनि हो जसको मुख्य उद्देश्य सार्क मुलुकहरूको महिला उद्यमीहरूलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने रहेको छ। बिगत १० वर्षदेखि यो संस्थाले महिला उद्यमीहरूको हितका लागि विभिन्न कदमहरू चाल्दै आएको छ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...