News Portal

  • नेपाली कामदार जाने सबै मुलुकमा ‘फ्रि भिसा र फ्रि टिकेट’ लागू गर्न सिफारिस

    समाचार डेस्क
    ७२७ पटक

    काठमाडौं – वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य मुलुक, सरकारीस्तरबाट श्रमिक पठाउने सम्भाव्यता र सेवा शुल्क सम्बन्धी अध्ययन गर्न बनेको कार्यदलले नेपाली श्रमिक पठाइने सबै मुलुकमा फ्रि भिसा र फ्रि टिकेटको नीति अबलम्बन गर्न सिफारिस गरेको छ । ६ खाडी मुलुक र मलेसियामा लागू भएको निःशुल्क भिसा र टिकेटको नीति कार्यान्वयन नभएको अवस्थामा कार्यदलले विश्वब्यापी अभ्यासलाई हेरेर सबै मुलुकमा यो प्रणाली लागू गर्न सुझाव दिएको छ ।

    पूर्वराजदूत उदयराज पाण्डे संयोजकत्वको कार्यदलले विश्वव्यापी रुपमा नै वैदेशिक रोजगारीमा श्रमिकहरु जाँदा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने पद्धति (इम्प्लोयर पे मोडेल) लागू गर्नु पर्छ भन्ने मान्यता रहेको भन्दै अहिले लागू भएका ७ बाहेक बाँकी मुलुक तथा रोजगारीका क्षेत्रमा पनि श्रमिकहरुलाई निःशुल्क पठाउने व्यवस्था गर्न आवश्यक देखिएको सुझाव दिएको छ । यसका लागि सरकारले सम्बन्धित मुलुकसँग द्विपक्षीय श्रम सम्झौता वा समझदारी गर्नु उपयुक्त हुने प्रतिवेदनमा उल्लेख छ ।

    श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई सोमरबार बुझाइएको प्रतिवेदनमा ७ वटा मुलुकहरुमा ‘निःशुल्क भिसा, निःशुल्क टिकट’ नीति कार्यान्वयनमा ल्याइसकेको सन्दर्भमा बाँकी मुलुकमा पनि श्रमिकहरुलाई निःशुल्क पठाउने व्यवस्था गर्न भनिएको छ ।

    त्यस्तै सेवा शुल्क रोजगारदाताले नव्यहोर्ने खालका मागपत्रहरुको प्रमाणीकरणमा निरुत्साहन गर्दै सबै गन्तव्य देशहरुमा शून्य लागत पद्धति लागू गर्नु गर्न सिफारिस गरिएको छ ।

    तर तुलनात्मक लाभ र भविष्यमा श्रमिकको प्रगतिको सम्भावना भएको काममा भर्ना शुल्क अस्वीकार गरेको अवस्थामा रोजगारी नै गुम्ने आएसरकारले कामदारको हीतलाई सर्वोपरी राखी प्रत्येक मागपत्रको प्रकृतिको आधारमा अलग-अलग निर्णय गर्न उपयुक्त हुने सुझाव प्रतिवेदनमा समेटिएको छ ।

    नेपालले पनि खाडीका ६ वटा मुलुक र मलेसियाका हकमा निशुल्क भिसा र टिकेटको नीति लगाइसकेको छ । गणतन्त्र कोरियाको र बाँकी राष्ट्रहरुका हकमा फरक-फरक किसिमका सेवा शुल्क निर्धारण गरेको अवस्था छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धरान फर्किएर भावुक बने हर्क साम्पाङ, विदेशी टेकओभरको चिन्ता

    धरान, भदौ ३१ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जेएनजी आन्दोलनपछि काठमाडौंबाट फर्किएर धरानमा पत्रकारहरूसँग...

    प्रधानमन्त्री कार्कीको आग्रह अस्वीकार, डा. रुइतको जवाफ– ‘बिरामीलाई छाडेर सरकारमा आउन सक्दिन’

    काठमाडौं, भदौ ३१ – प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सरकारले...

    पार्टी कार्यालयको अवलोकनमा प्रचण्ड

    काठमाडौं, भदौ ३१ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको केन्द्रीय...

    आज २०८२ साल भदौ ३१ गतेको राशिफल

    आज भदौ ३१, २०८२ (सेप्टेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विराटनगरको भाटभटेनीमा शव फेला

    विराटनगर, भदौ ३० – जेनजी आन्दोलनका क्रममा आगजनी भएको विराटनगर–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार जलेको...