News Portal

साउदी अरबमा सप्लाई र कन्ट्राक्टिङ कम्पनीमा अब नेपाली महिला कामदार जान नपाउने

हिमाली संचार संवाददाता
६८७ पटक

काठमाडौं, २१ साउन : साउदी अरवमा अब नेपाली महिला कामदारहरु सप्लाई र कन्ट्राक्टिङ कम्पनीहरु जान नपाउने भएका छन्। साउदी अरबस्थित राजदूतावासले सूचना जारी गर्दै यी दुई खालका कम्पनीमा नयाँ महिला कामदार लैजान दिने गरी मागपत्र प्रमाणीकरण नगर्ने भएको छ ।

वैदेशिक रोजगारीको लागि साउदी अरव आएका कैंयौं  नेपाली महिलाहरुले पाउनुपर्ने पारिश्रमिक नपाएको, आवास सुविधा मानवीय नभएको लगायतका विषयमा नेपाली बारम्बार गुनासो आएपछि दूतावासले हालै साउदी अरवका विभिन्न स्थानमा रहेका आधादर्जन भन्दा बढी स्थानहरुमा रहेका नेपाली महिला कामदारहरुको सर्वेक्षण गरेको थियो ।

सर्वेक्षणका क्रममा पारिश्रमिक कम पाएको, समयमा महिला सम्बन्धी रोगको औषधोपचार नपाएको, वीमा नगरेको, विभिन्न वहानामा अन्यत्र काममा लगाउने गरेको, मागपत्रभन्दा बाहिर गएर ३ वर्षको करार गरेको, व्यवस्थापन वा सुपरभाइजरसंग गुनासो राख्दा नसुन्ने एवं धम्क्याउने गरेको, गुनासोको निवेदन दिंदा नलिएको लगायतको गुनासो ब्यापक पाइएको थियो।

त्यसैगरी  पोशाक चाहिने कामका लागि पोशाक व्यवस्था नगरेको, बजार जाँदा अकामा तथा राहदानी साथमा लान नदिएको, आवासमै भएको बकालामा महंगोमा समान खरीद गर्न बाध्य बनाएको, २ तहभन्दा वढी कम्पनीमा आपूर्ति गर्ने गरी रिक्रुट गरेको लगायतका समस्याहरु पमि महिला कामदारले दूतावास समक्ष राखेका थिए।

सर्वेक्षणका क्रममा भेटिएका प्रायः सबै महिला कामदारहरु सप्लाई र कन्ट्राक्टिङ कम्पनीहरुमा आएको पाइएपछि अब यस्ता कम्पनीमा कामदार आपूर्तिका लागि म्यानपावरले पेश गर्ने मागपत्र प्रमाणीकरण रोक्ने निर्णय भएको हो।

कामदार सर्वेक्षणपछि पनि थप स्थानहरुबाट महिला कामदारहरुका गुनासा आइरहेको हुनाले हाललाई सप्लाई र कन्ट्राक्टिङ कम्पनीहरुमा नेपाली महिला कामदारहरु ल्याउने सम्बन्धी मागपत्रहरु प्रमाणीकरण गर्ने कार्य स्थगित गरिएको जानकारी दिइएको छ ।

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...