News Portal

बालिका बलात्कार आरोपित रोमन मगर र प्रिन्स अधिकारी सार्वजनिक [भिडियो अहित]

हिमाली संचार संवाददाता
६९३ पटक

रबिन्द्र बराल/साउन १३ साेमबार : बलात्कारजस्तो जघन्य अपराधमा पनि क्षतिपूर्ति दिलाएर गाउँकै अगुवाले मिलापत्र गराएको पाइएको छ। घटना प्रहरीले थाहा पाएपछि आरोपित पक्राउ परेका छन्। मोरङको रंगेली–९ सखुवाथानमा भएको बलात्कारको घटनामा मिलापत्र भएपछि प्रहरीले थाहा पाएर आरोपी स्थानीय २५ वर्षीय रोमन मगर र २४ वर्षीय प्रिन्स अधिकारीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।

अर्का आरोपी २३ वर्षीय सबिन चौधरी फरार रहेकाले पक्राउ गर्न नसकिएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार गत २० असारमा शारीरिक रूपमा अशक्त १६ वर्षीया किशोरीलाई तीन युवाहरू मिलेर सामूहिक बलात्कार गरेका थिए। घटना बाहिर आएपछि गाउँका भद्रभलाद्मीले पीडितलाई सहीछाप गराएर १ लाख ५० हजार रूपैयाँ दिने सर्तमा मिलापत्र गराएका थिए।

उनीहरूलाई आइतबार नै जबर जस्ती करणीको मुद्दामा म्याद थप गरी हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीले बताए। घटनाबारे ढिलो थाहा भएकाले अनुसन्धान गरी आरोपीलाई पक्राउ गरिएको उनको भनाइ छ। बलात्कारको घटनामा मिलापत्र गराइएको एक कान दुई कान मैदान भएपछि अनुसन्धान गरेर आरोपितलाई पक्राउ गरिएको निरीक्षक कार्कीले बताए।

मिलापत्र गराउने व्यक्तिहरू माथि पनि अनुसन्धान हुने प्रहरीले बताएको छ। २६ असारमा भएको मिलापत्रमा ६ साउनमा रकम दिने उल्लेख छ । रकम दिने मितिअगावै प्रहरीले अनुसन्धान थालेपछि रकमको लेनदेन भने हुन पाएन।

आमाले घर छाडेपछि बाबुको बेवास्ताका कारण बालिका आफन्तको घरमा बस्दै आएकी थिइन्। तीन युवाहरूले ललाईफकाई उनलाई एकान्तमा लगेर बलात्कार गरेका थिए। बाललिकालाई हाल विराटनगर स्थित एक सामाजिक संस्थाको संरक्षणगृहमा राखिएको बताइएको छ।

भिडियो हेर्नुहोस :

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...