News Portal

  • बालिका बलात्कार आरोपित रोमन मगर र प्रिन्स अधिकारी सार्वजनिक [भिडियो अहित]

    हिमाली संचार संवाददाता
    ६३२ पटक

    रबिन्द्र बराल/साउन १३ साेमबार : बलात्कारजस्तो जघन्य अपराधमा पनि क्षतिपूर्ति दिलाएर गाउँकै अगुवाले मिलापत्र गराएको पाइएको छ। घटना प्रहरीले थाहा पाएपछि आरोपित पक्राउ परेका छन्। मोरङको रंगेली–९ सखुवाथानमा भएको बलात्कारको घटनामा मिलापत्र भएपछि प्रहरीले थाहा पाएर आरोपी स्थानीय २५ वर्षीय रोमन मगर र २४ वर्षीय प्रिन्स अधिकारीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।

    अर्का आरोपी २३ वर्षीय सबिन चौधरी फरार रहेकाले पक्राउ गर्न नसकिएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार गत २० असारमा शारीरिक रूपमा अशक्त १६ वर्षीया किशोरीलाई तीन युवाहरू मिलेर सामूहिक बलात्कार गरेका थिए। घटना बाहिर आएपछि गाउँका भद्रभलाद्मीले पीडितलाई सहीछाप गराएर १ लाख ५० हजार रूपैयाँ दिने सर्तमा मिलापत्र गराएका थिए।

    उनीहरूलाई आइतबार नै जबर जस्ती करणीको मुद्दामा म्याद थप गरी हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीले बताए। घटनाबारे ढिलो थाहा भएकाले अनुसन्धान गरी आरोपीलाई पक्राउ गरिएको उनको भनाइ छ। बलात्कारको घटनामा मिलापत्र गराइएको एक कान दुई कान मैदान भएपछि अनुसन्धान गरेर आरोपितलाई पक्राउ गरिएको निरीक्षक कार्कीले बताए।

    मिलापत्र गराउने व्यक्तिहरू माथि पनि अनुसन्धान हुने प्रहरीले बताएको छ। २६ असारमा भएको मिलापत्रमा ६ साउनमा रकम दिने उल्लेख छ । रकम दिने मितिअगावै प्रहरीले अनुसन्धान थालेपछि रकमको लेनदेन भने हुन पाएन।

    आमाले घर छाडेपछि बाबुको बेवास्ताका कारण बालिका आफन्तको घरमा बस्दै आएकी थिइन्। तीन युवाहरूले ललाईफकाई उनलाई एकान्तमा लगेर बलात्कार गरेका थिए। बाललिकालाई हाल विराटनगर स्थित एक सामाजिक संस्थाको संरक्षणगृहमा राखिएको बताइएको छ।

    भिडियो हेर्नुहोस :

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २३ गतेको राशिफल

    आज मंसिर २३, २०८२ (डिसेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    २७ बुँदे मागबारे प्रधानमन्त्री–प्रसाईं भेट, छलफल तीव्र

    काठमाडौं, मंसिर २२ – देशको राजनीतिक वातावरण तंग भइरहेका बेला नागरिक बचाउ दलका संरक्षक दुर्गा...

    श्रम संस्कृति पार्टीका साम्पाङको चुनावी दाबी: “हामीले नै सरकार बनाउँछौं”

    काठमाडौं, २२ मंसिर – श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)...

    काठमाडौंमा श्रम संस्कृति पार्टीको पहिलो सभा सम्पन्न

    काठमाडौं, २२ मंसिर – हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा आफ्नो पहिलो औपचारिक सभा...

    सिनामंगलमा असईद्वारा चार महिनाको शिशुको हत्या, नागढुंगाबाट पक्राउ

    काठमाडौं, २२ मंसिर – राजधानीको सिनामंगलमा एक प्रहरी अधिकृतले आफ्नै चार महिनाको शिशुको ज्यान लिएपछि घटना...