News Portal

हास्यकलाकार क्षितिज समर्पण अभिनित “पशुपतिमा मुर्ति बोलेपछि…” (भिडियोसहित)

हिमाली संचार संवाददाता
२१९२ पटक

काठमाडौँ – पशुपतिनाथ हिन्दु धर्मालम्बीहरुको पवित्र तिर्थस्थल । जहाँ वर्षमा लाखौँ मान्छेहरु दर्शन गर्न पुग्छन् । यही पशुपतिमा मुर्ति बोल्न थाल्यो वा मान्छेले जस्तै गरि आँखा खोल्न थाल्यो भने के होला ? तर, यस्तै भएको छ ।
यो साँच्चिकै घटना नभएर तीज गीतमा देखाइएको घटना हो ।

कस्तुरी म्युजिक प्रालिको प्रस्तुतीमा लोकेन्द्र रानाले ‘पशुपतिमा मुर्तिले बोल्छ रे’ बोलको रमाइलो एवं नाँचौ नाँचौ लाग्ने तीज गीत बजारमा ल्याएका छन् । एरेन्जर तथा गायक राजु सुनामको लय/शब्द रहेको गीतमा चर्चित गायिका पूर्णकला बिसी र गायक कृष्ण पुन मगरले स्वर दिएका छन् ।

प्रकाश सपुत, दिपासा बिसी, रामकुमार शाही (क्षितिज समर्पण), जयबहादुर रावल, लोकेन्द्र राना र निशाको अभिनय रहेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन विक्रम चौहानले गरेका छन् ।

प्रकाश खड्काले क्यामरा चलाएको भिडियोलाई मिलन र पदमले सम्पादन गरेका हुन्। भिडियोमा पशुपतिमा मुर्ति बोल्छ भन्ने सुनेर गाउँबाट दर्शन गर्न आएका दर्शनार्थीको कथा पनि जोडिएको छ ।

हेर्नुहोस यो रमाईलो एवं नाँचौ नाँचौ लाग्ने भिडियो।

प्रतिकृया दिनुहोस्

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...