
रबिन्द्र बराल
असार १८ बुधबार : माेरङकाे दक्षिणी भेगका कृषकहरु यतिबेला मध्य राेपाई हुने समय हाे तर समयमै पानी नपर्दा कृषकहरुले धान राेपाइगर्ने पाएका छैनन्। २०७४ साल साउन महिनमा आएकाे बाढिले माेरङ सुनसरी आयाेजनाकाे लाेहन्द्रा खाेलाकाे कसेनीमा डाईभरेसन भत्किएपछि नहर समेत ३ बर्ष देखि मर्मत संम्भार नहुदा कृषकहरु समस्यमा परेका छन ।
उक्त नहर भत्किएपछि बाहुनी, कालिस्थान, कर्सिया, बबिया, बयरवन, दलेलि, रंन्जनि, आमताेला लगायतका हजाारौं हेेेक्टर खेति अहिले नहरमा पानी नहुदा आकासे भरमा खेेेती गर्न बाध्य रहेका छन ।
असार १५ गते भईसक्दा समेत खेतमा पानी नहुदा धानकाे बीउ समेत पहेँलो र सुक्न थालेका छन भने धान राेप्नका लागि खेती जाेति सक्दा पनि पानी नअाउदा जाेतेकाे खेत समेत धुलाे उडन थालेको छ।
बालबालिकाहरुलाई खेल्नका लागि चाैरकाे रुपमा परिणत भएको छ। समयमै पानी नपर्दा कृषकहरु माेटरकाे भरमा खेती गर्न बाध्य रहेका छन। तर माेटरकाे माध्यमबाट खेति गर्दा बिधुत अापुर्ति समेत राम्रो नहुने र डिजल समेत वजारमा भनेको समयमा नपाउदा कृषकहरुलाई अझै ठुलो समस्या परेको छ। माेरङमा सबैभन्दा राम्रो धान खेती गर्ने ७८ हजार हेक्टरमा क्षेत्रफल याेग्य रहेको देखिन्छ। पानी नपर्दा माेरङमा ५ प्रतिशत मात्रै खेती भएको देखिन्छ ।
भुपाल अधिकारीका अनुसार अब पनि पानी नपरेमा माेटरकाे भरमा खेती गरेपनि उब्जनीमा निकै कमि अाउने उनलेे बताए। रंगेलीका कृषक हेम खड्काले भने दिउँसो खेतमा पनि पटायाे भाेलिपल्ट खेतमा जाँदा खेत सुक्का हुने गरेको दुखेसाु गरेका छन। उनी जस्ता सयौं किशानहरु पानी नपर्दा दिनदिनै चिन्तामा परेका छन ।
असार महिनामा खाेलानाला खेतवारीमा पानीले भरिभराउ हुने समय हाे तर अहिले खेत बारीमा सुखेकाे माटाेकाे डल्ला मात्रै देख्न पाईन्छ । स्थानीय गाेपाल सेडाईका अनुसार माेरङ सुनसरी सिचाइ याेजनाकाे लापरबाहीका कारण गर्दा सबै कृषकहरुले दुख पाएकाे समेत बताए। कृषकहरुले असारमा लगाएकाे धान बालिले एक बर्ष भरि घरपरिवारलाई खान लगाउन पुगाउने गरेको भएता पनि यस बर्ष कसरी परिवार पालनपोषण कसरी गर्ने भनेर चिन्तामा परेका छन ।
माैसम बिज्ञका अनुसार बिगत बर्षहरुमा भन्दा यस बर्ष कम पानी पर्ने बताउदै अाएका छन । सामान्यतया नेपालमा जुन १० अर्थात् जेठको अन्तिम सातादेखि मनसुन सुरू हुन्छ । देशमा कुल धान खेतीको करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाई सुविधा उपलब्ध भएकाले बाँकी क्षेत्रमा अाकासकाे भरमा खेती गर्ने बाध्य रहेका छन । त्यसैले कृषक हरु अहिले सबै काम छाडेर मानो रोपेर मुरी फलाउने यो समयमा निकै महत्त्वका साथ लिएका छन ।
कृषकहरू अहिले आफ्ना अन्य काम छाडेर भएपनि असारे भेल छोपी धानबाली लगाउन व्यस्त हुन थालेका छन । असार महिनाभित्रै रोपाईं गर्न नपाइएमा धान पाक्ने संभावना कम हुनाले पनि रोपाईंमा व्यस्त हुनुपरेको कृषकहरु बताउछन। साता पन्ध्र दिन काम गरेर वर्षभर खाने बाली लगाउन कामको मिचो भएकाले वास्तवमा सबै कृषकका लागि असारको पन्ध्र निकै महत्वको हुन्छ। त्यस्तै ‘असारमा डुल्ने पजनीमा भुल्ने’ अर्थात् असारमा काम गर्ने बेलामा त्यसै डुल्ने र सरकारको काम इमान्दारीपूर्वक नगरी पदोन्नति अर्थात् पजनीमा नपर्ने व्यक्तिले गरिखाँदैन भन्ने बुढापाकाको अर्को उखानले पनि असारको महत्वलाई पुष्टी गर्छ।
रोपाईं कार्य मुलुकको सामाजिक, धार्मिक र सांस्कृतिक पक्षसँग पनि निकटरूपमा जोडिएको छ । रोपाईंको पहिलो दिन देवतालाई बीउ चढाई परिपूर्ण, भरिपूर्णका लागि अन्नपूर्णको आराधना गरी रोपाईंको श्रीगणेश गरिन्छ । रोपाईंमा धेरै खेतालाको आवश्यक पर्ने भएकाले गाउँघरमा पालैपालो पर्मद्वारा रोपाईं गरिने भएकाले यस्ले सामाजिक एकता र सद्भाव बढाउन पनि ठूलो टेवा पुर्याउँदै आएको छ।
कतैकतै ठूला खेती भएकाले रोपाईं गर्दा बेठी लगाउने अर्थात् पञ्चेबाजा बजाई नाचगान गर्ने, भोज खुवाउने तथा खेतालाहरूलाई मसला र रूमाल बाँड्ने पनि प्रचलन छ । एक आँकडाअनुसार धान खेतीको करिब ६० प्रतिशत क्षेत्र अझै आकाशे पानीमै निर्भर हुनुपर्ने बाध्यता छ । पानी धेरै नपर्ने स्थानमा एकप्रकारको घैया धान लगाउन सकिन्छ, तर वर्षे धान भन्दा यस्को उत्पादन भने कम हुन्छ ।
नेपालमा ८५ प्रतिशत मनसुन जुनदेखि सेप्टेम्बरसम्ममा र १० प्रतिशत हिउँदमा हुने गरेको छ। नेपालमा समुद्री सतह भन्दा ७० मीटर उचाईमा रहेको झापाको केचनादेखि २ हजार ७८० मीटर उचाइमा रहेको जुम्लाको छुमचौरसम्म धानखेती गरिंदै आएको छ। जुम्लामा लगाइने धानखेतीलाई विश्वकै सबैभन्दा उच्च स्थानमा धानखेती भएको मानिन्छ । पहिलापहिला मार्सी, तौली, थापचिनिया, वासमती खट्टेखानी आदि जातका धानखेती गरिन्थ्यो भने हाल ताईचुङ्ग, विन्देश्वरी, खुमल, मन्सुली, राधाचार आदि विकासे जातका धान लगाइन थालेको छ ।
एक आँकडाअनुसार धान खेतीको ७९ प्रतिशत क्षेत्रफल विकासे जातका धानखेतीले ओगटेको बताइन्छ । धान रोपाईं गर्ने बेलामा बेर्ना नडुब्ने गरी खेतमा दुई/तीन से.मी. पानी जम्ने गरी तयार गरिए पनि बेर्ना बढ्दै गएपछि नपसाउन्जेलसम्म पाँचदेखि १० से.मी. पानी हुनु उपयुक्त हुनेे भएता पनि कृषकहरु पानी नपर्दा निरास भएका छन । माैसम बिभाग भन्छ – बिगत बर्ष भन्दा यस बर्ष बिगतकाे तुलनामा धेरै कम पानी पर्नेछ।
