News Portal

मकाउमा दोश्रो एभरेष्ट हाइकिङ २०१९ सम्पन्न (फोटो फिचर)

हिमाली संचार संवाददाता
९५१ पटक

सन्जिब कोयी राई
मकाउ : जुन २३ मकाउमा ‘एभरेष्ट हाइकिङ’ महावाणिज्य दुतावास हङकङ/मकाउ र गैरआबसीय नेपाली संघ मकाउको संयुक्त आयोजनामा दोश्रो “एभरेष्ट हाइकिङ” मकाउको ताईपास्थित पाण्डा पार्क नजिकैको पेट्रोल पम्प गेटबाट शुरु भएर हाक्सा विच पिक्निक स्पोर्टमा सम्पन्न गरेको छ।

महामहिम राजदूत कमल प्रसाद भट्टराई, पुर्व गैरआवसीय नेपाली संधका अध्यक्ष सुदर्शन थापामगर र गैरआबसीय नेपाली संधका अध्यक्ष शान्ति देवि अधिकारीको नेतृत्वमा “एभरेष्ट हाइकिङ” -भिजिट नेपाल २०२०” सफल पार्न नेपाली महावाणिज्य दुतावास हङकङ/मकाउ साथै गैरआवसीय नेपाली संघ मकाउको संयुक्त आयोजनामा मकाउमा कार्यरत नेपाली तथा विदेशी नागरिकको समेत सयौको संख्यामा उपस्थित जनसमुदायका विच भव्यरुपमा भिजिट नेपाल २०२० प्रचार-प्रसार स्वरुप औपचारिक रुपमा कार्यक्रम सम्पन्न भएको छ।

नेपाली महावाणीज्य दुतावस हङकङ/मकाउका राजदुत कमल प्रसाद भट्टराईले विशावकै अग्लो सगरमाथाको देश, यस्तो रचनात्मक कार्यक्रम आयोजना गर्दा नेपाल सरकारको पर्यटन बर्ष सन् २०२० सफल हुने विश्वास ब्यक्त गर्नुका साथै सहभागीका लागि हार्दिक आभार ब्यक्त गरेका थिए।

गैरआबसीय नेपाली संध मकाउका अध्यक्ष शान्ति देवी अधिकारी, पुर्व अध्यक्ष सुदर्शन थापामगर, गैरआबसीय नेपाली संध हङकङका अध्यक्ष टिका गुरुङ गायदले आफानो धारणा राखेका थिए। एभरेष्ट हाइकिङ मकाउमा रहेका विभिन्न संघ संस्थाहरुले समेत आफ्नो उपस्थिति जनाएको थिए।

पैदल यात्रामा सहभागीहरुलाई खानपान साथै पानीको राम्रो ब्यबस्था समेत रहेको उक्त कार्यक्रममा “एभरेष्ट हाइकिङ” भिजिट नेपाल २०२० प्रचारप्रसार गर्न मकाउ सरकार सम्बन्धित निकायमा आधिकारिक जानकारी गराएसंगै स्थानीय सरकारले सुरक्षा प्रबन्ध एम्बुलेन्स सेवा सहित कार्यक्रमले निराधारित समयमै समापन गरेको थियो।

फोटो : प्रकाश बुढाथोकी मगर

प्रतिकृया दिनुहोस्

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...